• सर्वाेच्चको अन्तरिम आदेशः अहिले यथास्थितमा राख्नू, बुधवार निर्वाचन आयोगलाई झिकाइने

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    काठमाडौं, २२ जेठ– सर्वाेच्च अदालतले भरतपुरमा पुन मतदान वा मत गणना भन्ने मुद्दामा बुधवार दुवै पक्षलाई  झिकाएर बुझ्ने भएको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले पुन मतदान गराउने निर्णय गरेको विपक्षी निर्वाचन आयोगलाई बुधवार सर्वाेच्च अदालतमा झिकाउने भएको हो ।



    सोमबार रिट निवेदकको कुरा सुनेपछि इजलासले बुधवारसम्म मतदान वा मत गणना कुनै पनि काम नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिंदै बुधवार विपक्षीहरुलाई समेत अदालतमा झिकाउन भनेको हो । सोमबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दीले बहस गरेका थिए ।

    भरतपुरमा पुन मतदानका लागि मतगणना भइरहेको ठाउँमा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणनास्थल कब्जा भएको दावी गर्दै मतगणना स्थगित गरेका थिए भने त्यसैलाई देखाउँदै निर्वाचन आयोगले एक सातापछि पुन निर्वाचन गर्ने निर्णय गरेको थियो । मतपत्र च्यात्ने माओवादी पक्षको माग पूरा गर्दै आयोगले पुनः मतदानको निर्णय गरेपछि सर्वाेच्च अदालतमा रिट परेको थियो । मतपत्र च्यात्ने माओवादी प्रतिनिधिलाई प्रहरीले तत्काल पक्राउ गरी गणनास्थललाई सुरक्षित राखे पनि निर्वाचन अधिकृतले मतपत्र च्यात्नेसँग मिलेमतो गर्दै गणनास्थल कब्जा भएको प्रतिवेदन बनाएका थिए ।

    महान्यायाधिवक्ता रमण श्रेष्ठ, निर्वाचन अधिकृत न्यौपाने र माओवादी प्रतिनिधिबीचको मिलेमतोमा पुन निर्वाचन गर्ने मनसायपूर्वक नै मतपत्र च्यातिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुरको मेयर बनाउन उक्त घटना घटाइएकाले पुन मतदानका लागि आयोगलाई सरकारले बारम्बार दवाव दिएको थियो ।

    Subjects:

  • No Comment to " सर्वाेच्चको अन्तरिम आदेशः अहिले यथास्थितमा राख्नू, बुधवार निर्वाचन आयोगलाई झिकाइने "