• भरतपुरमा पुन मतदानको आयोगको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध, आयोगको निर्णय जलाईयो

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाडौं, २० जेठ – भरतपुर महानगरपालिका– १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । आयोगको निर्णय समेत जलाइएको छ ।



    प्रजातान्त्रिक राष्टिय युवा संघ, नेपाल र अनेरास्ववियुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । आयोगले पूर्वाग्रही भएर निर्णय गरेको बताउँदै निर्णय फिर्ता लिन माग गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

    कार्यक्रममा युवा संघका उपाध्यक्ष रमेश पौडेल, अनेरास्वबियुका अध्यक्ष नबिना लामा लगायतले योजनाबद्ध रुपमा सत्ताको षड्यन्त्रमा निर्वाचन आयोग मतियार बनेको आरोप लगाए । उनीहरुले निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ नबन्न चेतावनी दिंदै त्यसोभएमा प्रमुख आयुक्त लगायतका आयुक्तहरुबिरुद्ध नै आन्दोलन हुने चेतावनी समेत दिए ।

    Subjects:

  • No Comment to " भरतपुरमा पुन मतदानको आयोगको निर्णयबिरुद्ध काठमाडौंमा बिरोध, आयोगको निर्णय जलाईयो "