• अघिअघि मधु न्यौपाने र द्रोण सिवाकोटी, पछिपछि अयोधीप्रसाद

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाडौं, २० जेठ– प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा जित्न मत नपुगेपछि मतपत्र च्यातेर निर्वाचन आयोगले पुन मतदान गराउने निर्णय गरेको छ । मतपत्र च्यात्ने निर्वाचन कसुरदारकै योजना मुताविक निर्वाचन आयोगले  पुन मतदान गर्ने निर्णय सुनाएपछि यसमा प्रमुख आयुक्त अयोधीप्रसाद यादव समेतको संलग्नता र आयोगको स्वतन्त्र भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।



    अहिलेसम्म यो स्पष्ट छ– भरतपुरको मत गणना गर्दै गर्दा प्रधानमन्त्री पुत्री रेणुले एमाले उम्मेदवारसँग हार्ने स्थिति पैदा भयो । त्यसपछि प्रधानमन्त्री निवास वालुवाटार, महान्यायाधिवक्ता र माओवादीका मतगणना प्रतिनिधिबीचको पूर्व योजना अनुरुप जेठ १४ गते राती मतपत्र च्यातियो । निर्वाचन कसुर सम्बन्धी यस कर्ममा शनिवार मध्यान्नसम्म माओवादी प्रतिनिधि मधु र द्रोण प्रत्यक्ष र प्रधानमन्त्री तथा महान्यायाधिवक्ता अप्रत्यक्ष रुपमा संलग्न थिए । एक हप्ताको मौन नौटंकीपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद पनि यसमा संलग्न हुन आइपुगे ।

    जेठ १४ गते राती माओवादीले मतपत्र च्यातेको कानुनी रुपमा पुष्टि छ । पुन मतदान गराई पैसाको खोलो बगाएर जित्ने योजनासाथ च्यातेको कसुरदारको पुन मतदानको मागले पुष्टि गर्छ । मतपत्र च्यात्नेप्रतिको आक्रोश शान्त पार्न एक सातासम्मको समय लिएर कसुरदारकै पदचिन्हमा उभिने प्रमुख निर्वाचन आयुक्त पनि यसमा सामेल भए । निर्वाचन आयोगको स्वतन्त्रता, गरिमा र मर्यादामा प्रमुख आयुक्त अयोधीले गम्भीर प्रश्न खडा गरेका छन् ।

    षडयन्त्रपूर्ण रुपमा निर्वाचन आयोगसमेत सामेल भएर गरिएको यो कृत्यले मतदाताको मत सबैभन्दा बढी असुरक्षित भएको छ । १५ दिन अघि दिएको मत च्यातेर फेरि मत दिन गरिएको फर्मानलाई निर्वाचन आयोगले लगाइदिएको ठप्पाले ‘मतदाताहरु तिमीहरु आफ्नो विवेक प्रयोग गर्न स्वतन्त्र छैनौ, प्रधानमन्त्रीकी छोरीलाई पुग्नेगरी मत देउ !’ भन्ने मौन हिंसात्मक चेतावनी दिएको छ । यो मौन उद्योगको निश्कर्ष के हो भने भोट जसलाई दिए पनि रेणुलाई विजयी घोषणा गर्न आयोग तम्तयार छ । आफैंले च्यातिएको मतपत्र गणना गर्न पठाएको टोलीले ९० मत मात्र च्यातिएको रिपोर्ट विपरित सयौं मतपत्र च्यातिएको भन्दै आयोगले किन विज्ञप्तिमा उल्लेख गर्यो ? सयौं मतपत्र च्यात्नु पर्ने पूर्वयोजनामा आयोग आफैं पो संलग्न थियो कि ? मतपत्र च्यात्ने कसुरदारसँग आयोगको सम्बन्ध के हो ? भन्ने प्रश्न यसले उठाएको छ ।

    भरतपुर– १९मा पुन मतदान गराउने योजनाको पहिलो खुट्किकिलो माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले सुरु गरे र कसुरदारको त्यो उद्धेश्यलाई पूरा गरेर निर्वाचन आयोगले अन्तिम खुट्किलो पार गरेको छ । यस विवादास्पद निर्णयले देशको निर्वाचन पद्दतिमा ल्याउने दुश्परिणामको भागिदार पनि निर्वाचन आयोग नै हुनु पर्नेछ ।  - चक्रपथ (chakrapath.com)

    Subjects:

  • No Comment to " अघिअघि मधु न्यौपाने र द्रोण सिवाकोटी, पछिपछि अयोधीप्रसाद "