• ट्वीटरमा १० करोड फलोअर्स पुग्ने पहिलो सेलिब्रेटी बनिन् केटी पेरी

    Reporter: Becoming Kishor
    Published: Sunday, June 18, 2017
    A- A+
    एजेन्सी, असार ३
    पपस्टार केटी पेरी ट्वीटरमा १० करोड फलोअर्स प्राप्त गर्ने पहिलो ट्वीटर प्रयोगकर्ता बनेकी छन् । उनले यो रेखा छोएको यसअवसरमा ट्वीटरले पेरीलाई बधाईसमेत दिएको छ ।



    ३२ वर्षीया पेरीले हालै ९६ घण्टा लामो लाइभस्ट्रिम सम्पन्न गरेकी थिइन् । त्यसमा ४१ वटा क्यामराले एकसाथ उनी सुतेको, खाना पकाएको, योग गरेको र घरमा आएका सेलीब्रेटीसँग कुरा गरेको देखाइएको थियो । जुन निकै हिट पनि भयो ।

    उनै पेरीको हालसालै ‘विटनेस्’ नामक एल्बम बजारमा आएको छ । पेरी क्यालिफोर्नियामा जन्मेकी पेरीले थिइन् ।

    पेरीपछि ट्वीटरमा सबैभन्दा बढी फलोअर्स भएका सेलीब्रेटीमा गायक जस्टिन बिबर रहेकी छन् । उनले ९.७ करोड फलोर्स कमाएकी छन् भने तेस्रोमा रहेकी टेलर स्वीफ्टले ८.५ करोड फलोअर्स रहेको बताइएको छ ।

    Subjects:

  • No Comment to " ट्वीटरमा १० करोड फलोअर्स पुग्ने पहिलो सेलिब्रेटी बनिन् केटी पेरी "