• राजश्व अनुसन्धानका दुई अधिकृत ५ लाख ७० हजार घुससहित रंगेहात पक्राउ

    Reporter: Arjun Bhattarai
    Published: Thursday, June 22, 2017
    A- A+
    बाँकेको कोहलपुरमा रहेको राजश्व अनुसन्धान मध्य तथा सुदूरपश्चिम क्षेत्रीय कार्यालयमा कार्यरत दुईजना अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले बिहीबार राति ८ बजेतिर अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई सेवाग्राहीबाट पाँच लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरेको हो ।

    उनीहरुलाई सेवाग्राहीबाट नियन्त्रणमा लिएको भ्याटबिल तथा स्टिमेट मिलाईदिने भन्दै घुस रकम लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । अख्तियारको कोहलपुरस्थित कार्यालयले अहिलेसम्म २४ जना सरकारी कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । जसमा १७ जना बाँकेका बिभिन्न कार्यालयका कार्यरत कर्मचारी रहेका छन् ।

    Subjects:

  • No Comment to " राजश्व अनुसन्धानका दुई अधिकृत ५ लाख ७० हजार घुससहित रंगेहात पक्राउ "