• प्रमूख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबको कर्तुतबारे सनसनीपूर्ण खुलासा

    Reporter: Becoming Kishor
    Published: Friday, June 23, 2017
    A- A+
    काठमाडौँ ९ असार । अरुलाई आचारसंहिता सिकाउने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजाका प्याकेट घरमा समेत लैजाने गरेको रहस्य खुलेको छ । राजधानीमा आफ्नै घर भएर पनि प्रमुख निर्वाचन आयुक्त यादवले आयोगबाट घरभाडा समेत लिदै आएको पनि खुलेको छ । श्रीमतीको नाममा घर रहेको भन्दै घरभाडा वापत राज्यकोषको पैसा लिने गरेका यादवले अहिले भएका गाडी छाडेर करोडौको नयाँ गाडीमा हुइकिने रहर गर्दा सोझा र इमान्दार छविका सचिवलाई पाखा लगाउन प्रधानमन्त्रीको बल नै लगाउन पुगेको पाइएको छ ।



    निर्वाचन हुन एक साता मात्रै बाँकी रहँदा मन्त्रिपरिषदबाट बिहिवार सरुवा गरिएका निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले प्रमुख आयुक्त यादवले खाजा खर्चबापत दिनको पाँच हजारसम्म खर्च गरेको विल पेश गरेर पैसा लिने र अफिसवाट खाजका प्याकेट घरमा समेत लैजाने गरेको र आफुले त्यो काम गलत भएको भन्दै रोक्न खोजेकोले नै आफ्नो सरुवा गरिएको बताएका छन ।

    यादव सहित आयुक्तहरुले भएका गाडी छाडेर करोडौका गाडी निर्वाचनको मौकामा किन्न खोज्दा पनि मैनालीले रोकेको बताइएको छ ।

    यता प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सचिव सरुवा हुँदैमा दोस्रो चरणको चुनावमा कुनै असर नपर्ने बताउनुभएको छ ।

    राजधानीमा शुक्रवार आयोजित साक्षत्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले सम्भावित प्रश्नहरु सोधिन सक्ने भएकोले आफ्नो कुरा राखेर बाहिरिनुभएको थियो । प्रश्न गर्न हात उठाएपनि यादव केही नवोलि बाहिरिनुभएको थियो ।

    यादव भन्छन् सचिव सरुवालाई सहज रुपमा लिएको छु

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगको सचिव सरुवा गर्ने सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको टिप्पणी गर्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आयोगका सचिवको सरुवाले निर्वाचनको काममा कुनै असर नगर्ने दावी पनि गर्नु भयो । प्रमुख निर्वाचन आयुक्त यादवकै दवावमा सरकारले विहिबार निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गरेको आरोप लगाइएको छ । तर, प्रमुख निर्वाचन आयुक्त यादवले भने सचिव सरुवालाई आफूले स्वभाविकै रुपमा लिएको प्रतिक्रिया दिनु भयो । उहाँले विगत साँढे दश वर्षमा १३ जना सचिव आयागेबाट सरुवा भएको स्मरण पनि गराउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको व्यवस्थापकीय काम सदृढ रहेको पनि उल्लेख गर्नु भयो । From BigulNews

    Subjects:

  • No Comment to " प्रमूख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादबको कर्तुतबारे सनसनीपूर्ण खुलासा "