• सशस्त्र द्वन्द्वका क्रममा दरवारसँग सम्पर्कमा रहेको माओवादी अध्यक्ष दाहालको खुलासा

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 20, 2017
    A- A+
    काठमाण्डौ । सशस्त्र द्वन्द्वका क्रममा आफूहरु दरवारसँगको सम्पर्कमा रहेको माओवादी अध्यक्ष दाहालको खुलासा, दरवार हत्याकाण्ड अघि तत्कालिन राजा वीरेन्द्रसँग वार्ताको तयारी भएको उल्लेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन दरवारसँग वार्ता भएको खुलासा गरे ।



    अध्यक्ष दाहालले दरवार हत्याकाण्ड अगाडि तत्कालिन राजा विरेन्द्र शाहका भाइ धिरेन्द्र शाहसँग प्रत्यक्ष कुराकानी भएको उल्लेख गरे ।काठमाडौं आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले द्वन्द्वका क्रममा दरबारसँग आफूहरुको वार्ता भएको उल्लेख गर्नुभयो । उनले आफूहरु त्यसबेला नै शान्तिप्रक्रियामा आउन चाहेको उल्लेख गर्दै वार्ता भइरहेकै क्रममा दरवार हत्याकाण्ड भएको बता। उनले तत्कालिन राजा विरेन्द्रसँग वार्ता गर्ने प्राविधि तयारी भइरहेका बेला हत्याकाण्डले नयाँ राजनीतिक मोड लिएको बताए ।

    अध्यक्ष दाहालले दरबार हत्याकाण्डले उत्पन्न गरेको नेपाली राजनीतिको नयाँ मोडबाट लोकतन्त्र र गणतन्त्रबादी शक्ति एक ठाउँमा उभिनुपर्ने अवस्था आएको बताए । प्रतिकुल राजनीतिक परिस्थितिकाबीच १२ बुँदे समझदारी बनेको उनको भनाई थियो ।सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन विद्रोही माओवादी र दरवारबीच साँठगाँठ रहेको बेला–बेला चर्चा चल्ने गरेको थियो । अध्यक्ष दाहालले आफू सशस्त्र विद्रोहमा जानु पर्ने तत्कालिन बाध्यता समेत रहेको उल्लेख गरे ।

    Subjects:

  • No Comment to " सशस्त्र द्वन्द्वका क्रममा दरवारसँग सम्पर्कमा रहेको माओवादी अध्यक्ष दाहालको खुलासा "