• राजपासँग वार कि पार वार्ता गर्ने सरकारको प्रयास आजपनि असफल

    Reporter: Kishor Bhatta
    Published: Wednesday, June 14, 2017
    A- A+
    काठमाडौं,जेठ ३१ – निर्वाचन बहिष्कार गरेर आन्दोलनमा होमिएको राजपालाई फकाउने तीन दलको प्रयास आज पनि सफल हुन सकेन। सिंहदरबारमा राजपा नेताहरुसहित बसेको बैठक विनानिष्कर्ष सकियो । राजपाले नयाँ कुरा नराखेपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू तोकिएकै समयमा निर्वाचन गराउन तयार रहेको बताएका थिए।

    दलका नेताहरुले राजपालाई बैठकमा स्थानीय तहको संख्याको विषय कोर्टमा रहेको र संविधान संसोधन १४ असारअघि सम्भव नरहेको बताएको भन्दै नेता नेम्वाङले एमालेले यसअघि नै यो विषयमा स्पष्ट कुरा राखेको दाबी गरे।

    बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चुनावको मिति सार्न नसकिने बताए । राजपासंग बिहीवार बिहान १० बजे पुनः छलफल गरिने उनले बताए । राजपा नेता शरतसिंह भण्डारीले दलहरुबीच गम्भीर छलफल भएपनि कुनै निकास भने नआएको बताए ।

    राजपाले संविधान संशोधन विधेयक पारित गर्नुपर्ने लगायत माग पूरा नहुदासम्म चुनावमा भाग नलिने र चुनाव हुन नदिने बताएको थियो । एमाले बाहिरिएपछि राजपा र सत्तारुढ दलहरुबीच प्रदेश नम्बर २ का ८ जिल्ला र प्रदेश नम्बर पाँचका तीन गरि ११ जिल्लाको चुनाव स्थगनको बिषयमा छलफल भएको स्रोतको दावी छ ।

    बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागि थिए । राजपाको तर्फवाट महन्थ ठाकुर, महिन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरु सहभागि थिए ।

    Subjects:

  • No Comment to " राजपासँग वार कि पार वार्ता गर्ने सरकारको प्रयास आजपनि असफल "