• रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 20, 2017
    A- A+
    स्पेन (एजेन्सी)- म्यान्चेस्टर युनाइटेड व्यवस्थापक जोसे माउरिन्होमाथि रियल मड्रिडका मुख्य प्रशिक्षक हुँदा कर ठगीको आरोप लागेको छ। हालै रियल मड्रीडकै खेलाडी रोनाल्डोपनि कर छलीको मुद्दामा तानिएपछि विवादमा छन्।



    पोर्चुगिच नागरिक जोसेमाथि २०११ र २०१२मा ३.६ मिलियन डलर कर छलीको आरोप लागेको हो यधपी उनले यस मामिलामा स्पष्टीकरण दिन बाँकी रहेको छ। एक स्पेनिस अधिकारीले माउरिन्होले उक्त समयमा जोसेले उक्त समयमा आफ्नो ईमेज राईटको रकम अबैध फाइदाको लागि नखुलाएको बताए।

    स्पेनमा लगातार फूटबलका ठुला नामहरु कर छलीको मुद्दा खेपी रहेका छन्। मिडियामा आफु माथिको आरोप इन्कार गर्दै आएका रोनाल्डोलाई अदालतमा स्पष्टिकरणको लागि जुलाई ३१मा बोलाएको छ।

    Subjects:

  • No Comment to " रोनाल्डोसंगै जोसे माउरिन्हो माथि पनि कर छलीको आरोप "