• एसियन प्रिमियर लिगमा अन्डरवर्ल्ड ?

    Reporter: Becoming Kishor
    Published: Monday, June 19, 2017
    A- A+
    काठमाडौं, ६ असार । विवादका बीच गत सोमबारदेखि नेपालमा शुरु भएको एसियन प्रिमियर लिग रहस्यमी बन्न पुगेको छ । एक्कासी नेपालमा गर्न लागिएको यो क्रिकेट प्रतियोगिताप्रति प्रहरीले निगारनीसमेत शुरु गरेको श्रोत बताउँछ । लिगमा म्याच फिक्सिङको आशंकामा प्रहरीले निगरानी बढाएको हो



    दृष्टि साप्ताहिकमा खबर छ– स्रोतका अनुसार यसको आयोजक बाहिर आउन चाहेको छैनन् । भारतको चण्डिगढस्थित अल्टिमेटम स्पोर्टस् म्यानेजमेन्टल प्रतियोगिता आयोजना गरेको हो ।

    २० ओभर यस प्रतियोगितामाा ६ वटा क्लब आवद्ध छन् । यस लिगमा श्रीलंकाका पुर्वकप्तान तिलकरत्ने दिलसान बाहे अन्य नाम चलेका खेलाडी नभए पनि यसलाई एसियाकै क्लबस्तरको खेल भनिएको छ । दुई साता अघि अन्नपुर्ण होटलमा खेलाडीको अक्सन गरिएको थियो ।

    आईसिसीको मान्यता नलिई यो प्रतियोगिता आयोजना गर्न लागिएको छ । जसकारण म्याच फिक्सिङको सम्भावना रहेको स्रोत बताउँछ । आयोजक चण्डिगढस्थित अल्टिमेट स्पोर्टस् म्यानेजमेन्ट खासै नाम चलेको कम्पनी होइन । यो प्रतियोगिता सोनी सिक्स टेलिभिजनबाट लाइभ गर्न लागिएको छ । त्यसका लागि लाखौं खर्च हुन्छ । तर, त्यो पैसा विज्ञापन वा टिकटबाट उठ्ने सम्भावना छैन ।

    स्रोतका अनुसार केही आयोजकहरु बुकी र अन्डरवल्र्डसँग निकट व्यक्तिहरु छन् । खराब पृष्ठभूमिका कारण उनीहरु मिडियामा समेत आएका छैनन् ।

    Subjects:

  • No Comment to " एसियन प्रिमियर लिगमा अन्डरवर्ल्ड ? "