• कतारले अमेरिकासँग १२ विलियन डलरको युद्ध बिमान खरिद गर्ने सम्झौता

    Reporter: Kishor Bhatta
    Published: Thursday, June 15, 2017
    A- A+
    असार १, २०७४- कतारको रक्षा मन्त्रालयले अमेरिकासँग १२ विलियन डलर बराबरकाे ‘एफ–१५’ युद्ध बिमान खरिद गर्ने सम्झौता भएको जनाएको छ ।

    सम्झौता पत्रमा कतारका रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटीजबीच बुधबार सम्झौता भएको हो । साउदी नेतृत्वमा युएई, बहराइनलगायत नौ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको दोश्रो साता कतारले अमेरिकासँग युद्ध बिमान खरिद गर्ने समझदारी गरेको हो । रोर्यटसका अनुसार अमेरिकाले कतारलाई ३६ वटा युद्ध बिमान बिक्री गर्नेछ ।

    अमेरिकासँग साउदीले एकसय १० विलियन डलरको हतियार किन्ने समझदारी गरेको अलजजिराले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदीको भ्रमण गर्ने बेला यो सम्झौता भएको थियो ।


  • No Comment to " कतारले अमेरिकासँग १२ विलियन डलरको युद्ध बिमान खरिद गर्ने सम्झौता "