• भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण, कुन जिल्लाका क–कसलाई पर्‍यो ? (नामावलीसहित)

    Reporter: Kishor Bhatta
    Published: Wednesday, June 21, 2017
    A- A+
    काठमाडौं, असार ८—सरकारले १४ जिल्लाका भूकम्पपीडित परिवारलाई ट्याक्सी नम्बर वितरण सुरु गरेको छ । यातायात व्यवस्था कार्यालयले हिजोदेखि चिठ्ठा (गोलाप्रथा) गरी ट्याक्सी वितरण गरेको हो ।

    ललितपुरको च्यासल फुटबल मैदानमा बुधबार पहिलो चरणमा विभागले काभ्रे, नुवाकोट र रामेछापका भूकम्पपीडितलाई गोलाप्रथाका आधारमा नम्बर वितरणको हो ।विभागका अनुसार काभ्रेमा २०१, रामेछापमा १६५ र नुवाकोटमा १२५ भूकम्पपीडितले ट्याक्सी नम्बर पाएका छन् ।

    विभागले बिहीबार दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका भूकम्पपीडितका लागि छुट्याइएका ५१३ ट्याक्सी नम्बरको गोलाप्रथाद्वार वितरण गर्दैछ । विभागले शुक्रबार काठमाडौँ, भक्तपुर, ललितपुर मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका भूकम्पपीडितलाई वितरण गरिनेछ ।

    भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सीका लागि सरकारले नै सहुलियत दरमा कर्जाको समेत व्यवस्था गरेको छ । तर भूकम्पपीडितले पाउने नयाँ ट्याक्सी भने काठमाडौं महानगरपालिका क्षेत्रमा चलाउन पाउने छैनन् । काठमाडौं महानगरपालिकाले थप नयाँ ट्याक्सी चलाउन नदिने निर्णय गरेको हो ।

    काभ्रे जिल्लाबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली

    रामेछापबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली


    नुवाकोटबाट ट्याक्सीको नम्बर प्लेट पाउनेहरुको नामावली

    Subjects:

  • No Comment to " भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण, कुन जिल्लाका क–कसलाई पर्‍यो ? (नामावलीसहित) "