• नेपाली कांग्रेस कपिलवस्तुद्वारा प्रकाश घिमिरेको संयोजकत्वमा १००१ सदस्य प्रचार प्रसार समिति गठन

    Reporter: EduDainik
    Published: Monday, May 29, 2017
    A- A+

    कपिलवस्तु,जेठ १५



    नेपाली कांग्रेस कपिलवस्तुले आगामी ३१ जेठको स्थानीय तह निर्वाचन ध्यानमा राख्दै जिल्ला सदस्य तथा नेपाल विद्यार्थी सघका सहमहामन्त्री प्रकाश घिमिरेको सयोजकत्वामा प्रचार प्रसार समिति गठन गरेको छ । स्थानिय तहका निर्वाचनमा जित सुनिश्चित गर्नका लागि काँगेस कपिलवस्तुले एक हजार एक सदस्य प्रचार प्रसार समिति गठन गरेको छ । नेपाली काँग्रेसले जिल्ला र गाँउमा बिभिन्न तहमा रहेर काम गरेका बिभिन्न गाँउपालिका र नगरपालिका कार्यकतालार्ई समेटेर प्रचार समिति गठन गरेको हो । आइतबार नेपाली काँग्रेसको पार्टि कार्यलय तौलिहवामा गठन गरीएको सो समितिको सह–संयोजकमा नेपाल प्रेस यूनियन कपिलवस्तुका जिल्ला अध्यक्ष गोपाल भण्डारी रहनु भएको छ । गठीत प्रचार प्रसार समितिले कपिलवस्तुको सबै नगरपालिका र गाउ पालिकामा प्रचार प्रसार गर्नेछ । यसैविच नेपाली कागे्रस जिल्ला कार्य समिति कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा उमेद्धारहरुको चयन गर्न अझै केही दिन लाग्ने भएको छ । अन्य दलहरुले उमेद्धारहरु सार्वजनीक गर्दा मुलुकको ठुलो पार्टी नेपाली कागे्रसले भने कपिलवस्तुमा अझै उमेद्धारको छान्न सकेको छैन ् । आइतवार तौलिहवाहवामा सम्मपन्न बैठकले १५ गते क्षेबीय समितिको सिफारिस गर्ने अन्तिम मिति दिएको छ । कतिपय वडा तथा गाउंपालिका र नगरपालिका सर्वसम्मती भएकोल त्यसैलाई आधार मानी थप प्रकृयामा जाने बताइएको छ । त्यसका साथै १६ गते जिल्ला समितिको बैठकवाट उमेद्धारी चयन तथा सिफरिस गर्ने पार्टी सभापति सुरेन्द्रराज आर्चायले बताए । स्थानीय तहको तह थप्ने तथा लामो समयपछि निर्वाचन हुन लागेको हुदा उमेद्धारका आकाक्षी धेरै भएको कारण उमेद्धारको छनौट कार्य ढिला भएको आर्चायले बताए ।

    Published by Subodh Regmi

  • No Comment to " नेपाली कांग्रेस कपिलवस्तुद्वारा प्रकाश घिमिरेको संयोजकत्वमा १००१ सदस्य प्रचार प्रसार समिति गठन "