• राप्रपा नेताको घरअगाडि सिलिण्डर बम विष्फोट

    Reporter: Becoming Kishor
    Published: Thursday, May 11, 2017
    A- A+
    भक्तपुर, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताको घर अगाडि सिलिण्डर बम विस्फोट भएको छ । राप्रपाका नेता तथा २०७० काे चुनावका उम्मेद्वार माधव खत्रीको भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित घरअगाडि सडकमा शुत्रबार विहान ३ बजे सिलिण्डर बम विस्फोट भएको हो ।


    बम विस्फोटबाट खत्रीको घरको सिसा फुटेको छ भने कम्पाउण्डको पर्खाल समेत ढलेको छ । बमले खत्रीको घरसँगै रहेको अर्को एक घरमा पनि क्षति पुर्‍याएको छ ।

    बम विष्फोटनलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । बम विस्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
  • No Comment to " राप्रपा नेताको घरअगाडि सिलिण्डर बम विष्फोट "