• गगन थापा र विजय गच्छदारले छुटाए प्रहरीले पक्रिएका गुण्डा

    Reporter: Becoming Kishor
    Published: Wednesday, May 10, 2017
    A- A+
    काठमाडाैं, २७ वैशाख । प्रहरीको धन्दा पनि कस्तो हुन थाल्यो भने मान्छे पक्रिने, कसका लागि कुन स्तरको नेताले फोन गर्छ भन्ने आधारमा आरोपीलाई छाड्न र नछाड्ने निधो लिने । आसन्न स्थानीय निर्वाचनको क्रममा विभिन्न दल र उम्मेदवारले आपराधिक गतिविधिमा संलग्न गिरोहका मानिसलाई प्रयोग गरी शान्ति सुव्यवस्था खलल पुर्उाउनलान भनी प्रहरीले बितेको दुइ साताभित्र ५० भन्दा बढी व्यक्ति पक्राउ गर्यो ।

    जनअास्था साप्ताहिकमा खबर छ– अहिले टेकुस्थित महानगरीय पहरी परिसरको हिरासतमा मुस्किलले पाँच आरोप मात्र छन् । अधिकांशलाई उच्च राजनीतिक दबाबमा छाडिएको एक अधिकृतले बताए । गत साता साजन महर्जन पक्राउ परे । कांग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले यति धेरै दबाब दिए कि पाँच दिनका लागि म्याद थपिएका साजन दुई दिनमै छुटे ।

    महाराजगञ्ज चक्रपथबाट चक्रेका भाई तेजेन्द्र समातिए । उनी म्याद थपिन नपाई चार घण्टामै घर फर्किए । दीपक मनांगेलाई छुटाउन पशुपति शमशेर र किशोरसिंह राठौरले जतिसुकै दबाब दिए पनि सफल भएका छैनन् । सोमबार साँझ सरकारमा सहभागी भएका विजय गच्छदारको तीव्र दबाबका कारण सञ्जीव लामा (स्याल) पनि छुटेका छन् ।
  • No Comment to " गगन थापा र विजय गच्छदारले छुटाए प्रहरीले पक्रिएका गुण्डा "