• विमलेन्द्र निधीको राजीनामा फिर्ता, गृह मन्त्रालयमा फेरि निधी नै

    Reporter: Becoming Kishor
    Published: Wednesday, May 3, 2017
    A- A+
    काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार बिहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका छन् ।

    गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

    सोही आग्रह लिएर कांग्रेस सभापति देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।अब उपप्रधान तथा गृहमन्त्री निधी सरकारको बरियतामा दोस्रो स्थानमा रहनेछन् ।

    यसअघि निधी र तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद चलेको थियो । थापालाई दोस्रो वरियता दिएपछि उनले मन्त्रिपरिषद् बहिस्कार समेत गरेका थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् ।

    Subjects:

  • No Comment to " विमलेन्द्र निधीको राजीनामा फिर्ता, गृह मन्त्रालयमा फेरि निधी नै "