• नेपाली महिला फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

    Reporter: Becoming Kishor
    Published: Friday, May 5, 2017
    A- A+
    काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमले मलेसियाको महिला राष्ट्रिय टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले मलेसियाको टोलिसँग आगामी जेठ ९ गते मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।
    नेपाल र मलेसियाबिचको खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । मलेसिया फुटबल एसोसिएसनले अखिल नेपाल फुटबल संघ एन्फालाई मैत्रीपूर्ण खेलका लागि पठाएको निमन्त्रणा एन्फाले स्वीकार गरेपछि नेपाल र मलेसियाबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।


    साउथ इस्ट एसियन खेलका तयारीमा रहेको मलेसियाले त्यसको तयारी स्वरूप मैत्रीपूर्ण खेलको लागि नेपाललाई आग्रह गरेको हो । साउथ इस्ट एसियन खेल मलेसियामै अगस्ट १५ देखि ३० सम्म आयोजना हँुदैछ ।
    यसअघि नेपालले गत वर्षको पुसमा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । भारतको सिलगुढीमा आयोजना हुने चौथो महिला साफको तयारीको लागि भएको उक्त मैत्रीपूर्णमा नेपाल मलेसियासँग १ – ० ले पराजित भएको थियो ।


    मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोलीलाई प्रशिक्षक कुमार थापाले प्रशिक्षण गराईरहेका छन्  । यो खेललाई आउने साफ च्याम्पियनसिपको तयारीको रुपमा समेत रहेको एन्फाले जनाएको छ ।

    Subjects:

  • No Comment to " नेपाली महिला फुटबल टोलीले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने "