• बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता

    Reporter: Becoming Kishor
    Published: Sunday, May 14, 2017
    A- A+
    बेनी । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो ।


    अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बेनपा–१ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ । वडाको सम्पूर्ण गणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । “मतगणना पूर्व भएका सहमति र आयोगको निर्देशिका अनुसार गणना सुरू गरिएको छ” शर्माले भने ।

    मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचारसंहिता समेत बनाइएको छ । बेनपा–१ को मतगणना सम्पन्न भएपछि क्रमशः अरु वडाको सुरु गरिने छ ।

    बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ । यसैबीच पाँचवटै गाउँपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । अन्य गाउँपालिकाका केन्द्रमा पनि अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने जनाइएको छ ।

    Subjects:

  • No Comment to " बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता "