• कांग्रेसका उम्मेदवार प्रहरी र अदालतको फरार सूचीमा

    Reporter: Becoming Kishor
    Published: Thursday, May 11, 2017
    A- A+
    सुर्खेत, २८ वैशाख । सुर्खेतको एक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार फरार अभियुक्तको सूचीमा रहेको रहस्य खुलेको छ । चिंगाड गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार मटेला–६ सुर्खेतका देवबहादुर चन्द जिल्ला अदालत सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको फरार अभियुक्तको सूचीमा छन् ।
    उनै चन्द वैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय तह निर्वाचनमा चिगाड गाउँपालिकाको अध्यक्ष पदको चुनावी मैदानमा छन । २०३८ साल भदौ १५ गत्ते जिल्ला अदालत सुर्खेतको फैसलाले चन्दलाई चरेस मुद्धामा ३ बर्षका लागि जेल सजाए सुनाईएको थियो । अदालतले चन्दका नाममा गाँजा, चरेस काण्डमा ३ बर्षका लागि जेल सजाए सुनाएपनि उनी हालसम्म प्रहरी प्रशासनको आँखा छल्दै बसिरहेका थिए ।


    उनीसँगै सोहि स्थानका बलबहादुर चन्दलाई पनि चरेस मुद्धामा ३ बर्षका लागि जेल सजाय सुनाईएको थियो । यहि मुद्धाका सन्दर्भमा जिल्ला अदालत सुर्खेतले साविकको मटेला गाउँ विकास समितिका नाममा २०७२ चैत्र २५ गत्ते आवश्यक विवरण खुलाई पठाउन भनि चिठी पठाएको थियो । दर्ता नं ११ र चलानी नम्बर ३४७१ रहेको सो पत्रमा भनिएको छ–निजहरुलाई कैदको सजाय भएकाले हालसम्म निजहरु फरार कायमै रहेको र पुराना फस्यौट गर्नेतर्फ कारबाहि चलिरहेको हुँदा एकीन विवरण आवश्यक परेको र निजहरु जिवित वा मृत्यु भैसकेको के छ वा वसाईसराई गएको हो होइन खुलाई पठाईदिन अनुरोध छ ।’

    तर यो पत्रका बारेमा गाविसका कर्मचारीहरुलेसमेत कुनै पनि विवरण नदिएर लुकाएर राखेको खुलेको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि चन्द फरार सूचीमा रहेको जनाएको छ । चन्दको मिसिलका बारेमा जिल्ला अदालत सुर्खेतमा पटक पटक बुझ्न खोज्दा मिसिल प्राप्त हुन सकेन । अदालतका कर्मचारीहरुले मिसिल धेरै पुरानो मितिको भएका कारण कतै हराएको या नष्ट भएको हुनसक्ने भन्दै दिन पन्छीरहेका छन । जिल्ला प्रहरी कार्यालयले पनि चन्दलाई यस अघि पक्राउ गर्न पटक पटक पत्र पठाएपनि चन्दसँगको मिलेमतोमा पक्राउ गरिएको छैन् । मटेलाका स्थानियहरुका अनुसार चन्द राजनीतिमा सक्रिय हुन अगाडि चरेस र गाँजाको ओसार–पसार र विक्री वितरण गर्ने काममा सक्रिय थिए । (खबरडबली)
  • No Comment to " कांग्रेसका उम्मेदवार प्रहरी र अदालतको फरार सूचीमा "