• माधव नेपालले भने– प्रधानमन्त्रीको ध्यान कुर्सी बचाउने मात्रै

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 9, 2017
    A- A+
    काठमाडौँ, २६ बैशाख- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानन्त्री अहिले कसरी हुन्छ सरकार टिकाउने खेलमा लागेको बताएका छन् । प्रधानमन्त्रीको ध्यान देश भन्दा आफ्नो ब्यक्तिगत फाइदामा गएको नेपालको तर्क थियो ।

    ‘प्रधानमन्त्रीको ध्यान चुनावमा भन्दा कुर्सी बचाउनमा छ । चुनाव गराएर देशलाई निकास दिउँ भन्नेमा हैन, देश जाओस भाँडमा तर, उनीचाहिँ क–कसलाई सरकारमा लगेर हुन्छ कुर्सी बचाउनतिर लागेका छन्’ नेपालले भने ।

    उनले उनले दोस्रो चरणको चुनाव जेठ १५ अगाडि नै हुनु पर्ने वताउँदै नेपालले नेपालले भने– ‘निर्वाचन १०, ११ १२ जहिलेसुकै गरे पनि जेठ १५ भन्दा उता लैजान हुँदैन ।’ उनले निर्वाचन रोक्ने षडयन्त्र अझै भइरहेको वताए ।

    प्रधानन्यायाधीश विरुद्ध सरकारी दलहरुले ल्याएको महाभियोग प्रस्तावले सरकारका अंगहरुबीच सन्तुलन खल्बलिएको भन्दै नेपालले संवैधानिक संरचनाहरुलाई नखल्बल्याउन चेतावनी दिए । ‘महाभियोगले क्षत विक्षत भएको न्यायालयलाई सर्वाेच्चको आदेशले राहत दिएको छ । फेरि त्यसलाई भत्काउने दुस्साहास नगर’ नेपालको कथन थियो ।

    Subjects:

  • No Comment to " माधव नेपालले भने– प्रधानमन्त्रीको ध्यान कुर्सी बचाउने मात्रै "