• प्रधानमन्त्री दाहालको गोप्य निर्देशन: ‘छोरीलाई जसरी पनि जिताउनु’

    Reporter: Becoming Kishor
    Published: Thursday, May 11, 2017
    A- A+
    काठमाडौं, २९ बैशाख– चितवनको भरतपुर महानगरपालिकामा चुनावी तालमेल गरेर प्रतिष्ठाको विषय बनाएका नेपाली कांगे्रस र माओबादी केन्द्रले त्यहाँ जित्न सत्ताको चरम दुरुपयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।


    छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयरमा उम्मेदवारी दिएर कांग्रेससँग तालमेल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जसरी पनि जित्नुपर्छ’ भन्दै सबै प्रयास गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले बिहिबार भरतपुरमा सत्तागठन्धनको सभाभन्दा एमालेको सभा ठूलो देखेर अत्तालिएपछि शुक्रबार र शनिवार आवश्यक सबै चलखेल गर्दै परिस्थिति अनुकूल बनाउ सुझाव दिएका हुन् । स्रोतका अनुसार, भरतपुर महानगरपालिकाका २९ वटै वडालाई लक्षित गरी आम नगारिकलाई आंतकित पार्न वाईसिएल परिचालन गरिएको छ ।



    नागरिकलाई धाकधम्की दिंदै आंतकको पर्यायको छबी बनाएको बदनाम वाईसिएललाई प्रचण्ड पुत्रीलाई निर्वाचन जिताउनकै लागि भरतपुरमा  पुनर्स्थापित गराईएको छ । ‘कुनै पनि हालतमा जित्नुपर्ने निर्देशन प्रधानमन्त्रीज्यूको छ । हामीलाई वाईसिएलको उदाहरण दिंदै आवश्यकता परेमा उक्त प्रवृति समेत माध्यम बन्नसक्छ । बिचार गर्नुहोला भन्नुभएको छ’ प्रधानमन्त्रीको निर्देशन उल्लेख गर्दै एक माओवादी कार्यकर्ताले भने ।


    सत्ताका लागि जस्तोसुकै गठबन्धनका लागि समेत तयार रहेका कांगे्रस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री दाहालकै शैलीमा माओवादीलाई मत हाल्न निर्देशन दिएपनि कांग्रेस कार्यकर्ता÷मतदाताले त्यसलाई अस्विकार गरेका छन् । सत्ताको लगनगाँठोको प्रत्यक्ष मारमा चितवन कांग्रेसका इमान्दार कार्यकर्ता परेका छन् । प्रधानमन्त्री दाहालले ‘ऐतिहासिक आवश्यकता’ का आधारमा चितवनमा दाहाललाई जिताउनुपर्ने धारणा राखेपछि कांग्रेसमा थप पहिरो गएको छ । ‘प्रधानमन्त्री आफैं आएर गालीगलौजमा उत्रनुभएको छ । यो कुन राजनीतिक सिद्धान्तभित्र पर्छ ? यो कसरी निर्वाचन आचारसंहिताभित्र पर्छ ?’ चितवन एमालेका अध्यक्ष कृष्णभक्त पोखरेलले भने–‘सत्ताको चरमदुरुपयोग हुने खतरा हामीले देखिरहेका छौं ।’


    बुधबार निर्वाचन आयोगले आचार सँहिता कार्यान्वयनमा दलहरुको प्रतिबद्धतामा हस्ताक्षर गर्न बोलाएको बैठकमा प्रधानमन्त्री दाहालले चुनावी सभाहरुमा प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई बिना स्वीकृति जान दिनुपर्ने माग राखेका थिए । तर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादबले निर्वाचनसम्बन्धी ऐन, कानुन र नियमावली तपाईहरुले नै बनाएकोले त्यसको पालना गर्न सुझाव दिएका थिए । उनको त्यो माग छोरीलाई जिताउने उद्देश्यले चुनावी सभामा सम्बोधन गर्न जानका लागि थियो । आखिर प्रमुख आयुक्तको सुझाव विपरित उनी बिहिबार भरतपुर पुगेर सभालाई सम्बोधन गरेका थिए ।


    आयोगले जारी गरेको आचारसँहितामा प्रधामन्त्री र मन्त्रीहरुले हेलिकप्टरको प्रयोग गर्न नपाउने र सदरमुकाम भन्दा बाहिर गाउँ पस्न नपाईने उल्लेख छ ।

    Subjects:

  • No Comment to " प्रधानमन्त्री दाहालको गोप्य निर्देशन: ‘छोरीलाई जसरी पनि जिताउनु’ "