• गोसाईंकुण्ड र नारायणपछि एमालेको १६ पुग्यो, कांग्रेस १० र माओवादी नौ स्थानमा विजयी

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 16, 2017
    A- A+
    काठमाडौं, २ जेठ– दैलेखको नारायण नगरपालिकामा एमाले विजयी भएको छ । यस्तै  रसुवाको गोसाईं कुण्ड गाउँपालिकामा पनि एमालेले विजय हासिल गरेको छ ।

    दैलेखको नारयण नगरपालिका र रसुवाको गोसाईं कुण्ड गाउँपालिका समेत गरी अहिलेसम्म एमालेले १६ वटा स्थानीय तहमा विजय हासिल गरेको छ । जसमध्ये एक नगरपालिका समेत छ ।  पछिल्लो पटक रसुवाको गोसाइकुण्ड गाउँपालिकाको अध्यक्षमा  एमालेका कैसाङ नुर्वु तामाङ विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा तमाङले १८२८ मत प्राप्त गरे । उनको निकटमत प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले १५०५ मत प्राप्त गरे ।

    त्यस्तै उपाध्यक्षमा एमालेकै करग्याल्मु तामाङ श्रेष्ठ विजयी भएकी छिन् । उनले १७४० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी देकी तामाङले ११४९ मत प्राप्त गरिन् ।  अहिलेसम्मको नतिजामा एमाले १६, कांग्रेस १० र माओवादीले ९ स्थानीय तहमा विजय हासिल गरेका छन् ।

    Subjects:

  • No Comment to " गोसाईंकुण्ड र नारायणपछि एमालेको १६ पुग्यो, कांग्रेस १० र माओवादी नौ स्थानमा विजयी "