• शिर्ष नेताहरुले यी ठाउँबाट मतदान गर्दै !

    Reporter: Becoming Kishor
    Published: Saturday, May 13, 2017
    A- A+
    काठमाडौं । निर्वाचनमा विभिन्न पार्टीका शिर्ष नेताले मतदान गर्ने भएका छन् । आजको नागरिकमा खबर छ ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र ।


    कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा छ । दोस्रो चरणको निर्वाचनमा उनी डडेलधुरा जानेछन् ।
    एमाले अध्यक्ष केपी ओली : मतदाता नामावलीमा उनको नाम सूर्यविनायक नगरपालिका २ बाल्कोटमा छ । उनले बाल्कोटमा मतदान गर्नेछन् ।

    रामचन्द्र पौडेल : तनहुँको व्यास नगरपालिका २ को सत्यदेवी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।
    शशांक कोइराला : काठमाडौं भ्याली मतदान केन्द्रमा मतदान गर्नेछन् ।
    प्रकाशमान सिंह : काठमाडौं महानगरपालिका १६ क्षेत्रपाटीबाट मतदान गर्नेछन् ।

    एमाले नेता माधव कुमार नेपाल : रौतहटको गौर नगारपालिकामा दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।
    इश्वर पोखरेल : उनको नाम टोखा नगरपालिका ६ मा छ ।
    बामदेव गौतम : दोस्रो चरणको निर्वाचनमा गौतम बर्दियाको बासगढीको त्रिभुवन उच्च माविम मतदान गर्नेछन् ।

    माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ : उनको नाम गोरखाको जौबारी गाउँपालिकामा छ । उनले गोरखामा मतदान गर्नेछन् ।
    रामबहादुर थापा : चितवनको रत्ननगर नगारपालिका टाँडीमा मतदान गर्नेछन् ।
    देव गुरुङ : मनाङको नामस गाउँपालिकामा मतदान गर्नेछन् ।
    पम्फा भुषाल : ललातिपुर महानगरपालिकामा मतदान ।

    राप्रपा अध्यक्ष कमल थापा : हेटौंडा काट मतदानमा सहभागी हुनेछन् ।
    पशुपति शमशेर राणा : सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ बाट मतदान गर्नेछन् ।

    संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव : दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । उनको नाम सुनसरीको मधुवनमा छ ।

    प्रधानन्यायाधीश सुशीला कार्की(विराटनगर) र सभामुख ओनसरी घर्ती मगर (रोल्पा) दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले मतदान नगर्ने भएका छन् । उनको नाम रोल्पाको दुइृखुइले गाउँपालिका २ मा छ ।
    राष्ट्रपति बिद्या भण्डारी श्रीलंका भ्रमणमा छिन् ।

    Subjects:

  • No Comment to " शिर्ष नेताहरुले यी ठाउँबाट मतदान गर्दै ! "