• उपत्यकाको मतपेटीका संकलन अन्तिम चरणमा : दश बजेपछि मतगणना सुरु हुने

    Reporter: Becoming Kishor
    Published: Sunday, May 14, 2017
    A- A+
    काठमाडौं, ३१ वैशाख - काठमाडौंका दश नगरपालिकामध्ये नौ वटा नगरपालिकाको मतपेटिका मतगणनास्थल राष्ट्रिय सभागृहसम्म ल्याइसकिएको महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीले जनाएको छ । भक्तपुर जिल्लाका सबै र ललितपुरका दुई गाउँपालिका बाहेकका मतपेटिका गणनास्थलमा ल्याइसकिएको हो ।


    आयुक्त कार्यालयका श्रोतका अनुसार ढिलोमा राति दश बजेसम्ममा उपत्यकाका तीनै जिल्लाको मतपेटिका मतगणनास्थल ल्याइपुर्‍याउने र त्यसपश्चात् मात्र मतगणना सुरु हुने कार्यालय श्रोतले जानकारी गराएको हो ।

    Subjects:

  • No Comment to " उपत्यकाको मतपेटीका संकलन अन्तिम चरणमा : दश बजेपछि मतगणना सुरु हुने "