• भरतपुरमा नयाँ बखेडा, मुचुल्कामा नभएका मत पनि गन्नु पर्ने माग

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+
    भरतपुर, १ जेठ– पहिलो चरणमा निर्वाचन भएका प्रायजसो नगर र गाउँ पालिकामा मत गणना सुरु भए पनि भरतपुर महानगरमा भने ढिलाई भइरहेको छ । सोमबार बिहान ८ बजेदेखि बसेको सर्वदलीय बैठकमा मत गणनाको मापदण्ड निर्धारण गर्ने विषयमा सहमति जुट्न नसक्दा मत गणना सुरु हुन नसकेको हो ।


    प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयरको उम्मेदवार भएकी र बलियो मानिएको कांग्रेसले समेत उनैलाई समर्थन गरिदिएकाले भरतपुरको निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ । बिहानै देखि देशभरिबाट सुरुवाती रुझान एमालेको पक्षमा आउन थालेपछि माओवादी केन्द्रकी उम्मेदवार रहेकी रेणु दाहाल र उनका प्रतिनिधिले आफ्नो पार्टीले कांग्रेसँग तालमेल गरेको हुनाले कांग्रेसको रुख चिन्हमा खसेको मत समेत आफ्नै नाममा गणना गर्नु पर्ने माग राखेपछि गणना सुरु हुन नसकेको हो ।

    निर्वाचन आयोगको आचार संहिता तथा सामान्य ज्ञानको समेत विपरित हुनेगरी अर्काको चुनाव चिन्हमा खसेको मत आफ्नोमा गन्ती गर्नु पर्ने रेणुको माग एमालेले मान्न सम्भव थिएन । त्यसैले माओवादीले विवाद लम्याईरह्यो, कांग्रेस मौन बस्यो ।

    मतगणना स्थल बाहिर जम्मा भएका सर्वसाधारणले तुरुन्त मत गणना सुरु गर्न दवाव दिंदै नारा लगाउन थालेपछि रेणु नाजायज मागबाट पछि हटिन् र आफूले त्यस्तो माग नराखेको स्पष्टिकरण दिइन् । तर, त्यस लगत्तै गणना मापदण्ड तयार गर्ने क्रममा नयाँ विवाद माओवादीले झिक्यो र त्यसको समर्थनमा उभिए मुख्य निर्वाचन अधिकृत ।

    अहिले उनै निर्वाचन अधिकृतले मत खसेपछिको मुचुल्कामा जति मत खसेको भनिए पनि बाकसमा भएका सबै मतलाई सदर मान्नु पर्ने अडान राखिरहेका छन् । यसको अर्थ हुन्छ भरतपुरका विभिन्न केन्द्रका मतपेटिकामा खसेको भन्दा मत कम बेसी हुन सक्छ । मतपेटिका बन्द गर्ने क्रममा स्थानीय कर्मचारी, दलका प्रतिनिधि र निर्वाचन अधिकारीहरु समेत बसी गरिएको मुचुल्का बेवास्ता गरेर मत गन्नु पर्छ भन्ने दलील आएपछि भरतपुरका मतपेटिकामा कतै थप मत त हालिएको छैन भन्ने आशंका गर्न थालिएको छ । -Chakrapath

    Subjects:

  • No Comment to " भरतपुरमा नयाँ बखेडा, मुचुल्कामा नभएका मत पनि गन्नु पर्ने माग "