• अहिलेसम्म कांग्रेसले मात्र जितेको बनेपा नगरपालिकामा एमालेको अग्रता

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+
    बनेपा, १ जेठ– नेपाली कांग्रेसको गढ मानिएको र अहिलेसम्मका सबै निर्वाचनमा कांग्रेस बाहेक कुनै  पनि दलले चुनाव नजितेको बनेपा नगरपालिकाको मत गणनाको प्रारम्भिक नतिजामा एमाले अग्रस्थानमा देखिएको छ । सोमबार साढे ४ बजेसम्मको मतगणनाको नतिजा अनुसार बनेपा नगरपालिकाको मेयरमा एमाले उम्मेदवार लक्ष्मीनरसिंह वादे अगाडि देखिएका हुन् ।


    साढे ४ बजेसम्म वडा नम्बर १ देखि ४ सम्मका १ हजार ७ सय मत गणना भएको छ । जस अनुसार एमाले उम्मेदवार लक्ष्मी नरसिंह वादेले ७६७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार राम जोशीले ६२८ मत पाएका छन् । माओवादी उम्मेदवारले १२३ मत ल्याएका छन् ।

    त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार रेखा दाहालले ७६२ मत पाएकी छिन् भने कांग्रेस उम्मेदवार माया श्रेष्ठले ६३५ मत ल्याएकी छिन् । उपमेयरमा माओवादी उम्मेदवारले ११३ मत ल्याएका छन् ।

    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइ पछि पार्दै एमाले अघि

    ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसलाइ पछि पार्दै एमाले अग्रता लिएको छ । 

     नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८५१ मत प्राप्त गरेका छन्  भने नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ८१७ मत प्राप्त गरेका छन्  

    नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३१५ मतका साथ तेस्रो स्थानमा छन् । 

    Subjects:

  • No Comment to " अहिलेसम्म कांग्रेसले मात्र जितेको बनेपा नगरपालिकामा एमालेको अग्रता "