• महिला उम्मेदवार आफ्नै पतिबाटै कुटिइन्

    Reporter: Becoming Kishor
    Published: Thursday, May 11, 2017
    A- A+
    काठमाडौं । लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् ।

    माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् ।


    घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।

    पतिले बाँसको चिर्पटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ ।

    हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

    खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।
  • No Comment to " महिला उम्मेदवार आफ्नै पतिबाटै कुटिइन् "