• पर्सामा सांसद र कार्यालय प्रमुखबीच कुटाकुट

    Reporter: Becoming Kishor
    Published: Saturday, May 6, 2017
    A- A+
    काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गसरोज गोइतबीच हात हालाहाल भएको छ ।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ– जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भउको हो । जनता आवास कार्यक्रमका विषयमा विावाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भउको हो ।

    जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो ।

    जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकिय सचिव अवधेसश शाह शक्रबार अपराह्न डिभिजन कार्यालय पुगेका थिए ।

    तर, कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि दुवैबीच कुटाकुट सुरु भयो । त्यसपछि सांद गुप्तासँगै गएका कार्यकर्ताले गोइतलाई कुटपिट गर्दै द्धिसारेर नजिकै रहेको प्रमुख जिल्ला अधिकारी केशवराजघिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शीले बताए ।

    Subjects:

  • No Comment to " पर्सामा सांसद र कार्यालय प्रमुखबीच कुटाकुट "