• निर्वाचनको फरक रुप : आफ्नै वडामा पराजित छन् शीर्ष नेताको दल

    Reporter: Becoming Kishor
    Published: Saturday, May 20, 2017
    A- A+
    काठमाण्डौ । स्थानीय तह निर्वाचनमा कतिपय स्थानबाट निकै रोचक परिणामहरु आएका छन् । नयाँ पत्रिका दैनिकले निर्वाचनका अनेक रङ शीर्षक दिएर खबर लेखेको छ ।



    प्रधानमन्त्रीको वडामा एमाले

    प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मत खसालेको चितवन जिल्लाको भरतपुर महानगरपालिका–४ को वडाध्यक्षमा एमाले उम्मेदवार हरिप्रसाद आचार्य निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार उपेन्द्र शर्मालाई सात मतले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । उनले एक हजार सात सय २० मत पाए भने शर्माले एक हजार सात सय १३ मत पाए । प्रधानमन्त्रीको दलले ९३५ मत पायो ।

    एमाले अध्यक्ष ओलीको वडामा कांग्रेस

    एमाले अध्यक्ष केपी ओलीले मत खसालेको भक्तपुरको सूर्यविनायक नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार कमलनाथ आचार्य विजयी भए । १७ मतअन्तरमा उनले एमाले उम्मेदवारलाई पराजित गरे । आचार्यले १,३८५ र उनका प्रतिद्वन्द्वी एमालेका रवि श्रेष्ठले १,३६८ मत पाए ।

    राप्रपा अध्यक्ष कमल थापाको वडामा कांग्रेस

    राप्रपा अध्यक्ष कमल थापाको मतदाता नामावली भएको मकवानपुर हेटौँडा उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेस उम्मेदवारले चुनाव जितेका छन् । कांग्रेस उम्मेदवार राजेश बानियाँ १,८४८ मत ल्याएर वडाध्यक्षमा विजयी बने । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार ईश्वर ढुंगानाले १,७४४ मत पाए । थापाकै दल राप्रपाले जम्मा ३४० मत ल्यायो ।

    डा. रामशरण महतको वडामा एमाले

    कांग्रेस पूर्वसहमहामन्त्री डा. रामशरण महतको मतदाता नामावली रहेको नुवाकोट पञ्चकन्या गाउँपालिका–२ मा एमाले विजयी भएको छ । सो वडामा एमाले उम्मेदवार ध्रुव मिश्र सात सय ३९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रामशरण श्रेष्ठले ६ सय ४३ मत ल्याए ।

    Subjects:

  • No Comment to " निर्वाचनको फरक रुप : आफ्नै वडामा पराजित छन् शीर्ष नेताको दल "