• किन आयो त ? अमेरिकी सिनेटको टोली नेपाल भ्रमणमा

    Reporter: Becoming Kishor
    Published: Saturday, May 6, 2017
    A- A+
    काठमाण्डौ । अमेरिकी नेतृ न्यान्सी पेलोसीको नेतृत्वमा अमेरिकी सिनेटको एक टोली शनिबार नेपाल भ्रमणमा आएको छ। तीनदिने नेपाल बसाईका क्रममा अमेरिकी सांसदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख आनेसरी घर्ती र परराष्ट्रमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    अमेरिकी एयरफोर्सको विमानबाट अमेरिकी सांसद टोली शनिबार राति त्रिभुवन विमानस्थलमा आइपुगेको हो। नेतृ पेलोसी अमेरिकी संसद कांग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभमा माइनोरिटी लिडर छिन। टोलीमा भारतीय मुलकी पहिलो अमेरिकी सांसद प्रमिला जयपालसहित सात सिनेटर छन। नेते पिलोसी हाउस अफ रिप्रेजेन्टिटिभकी पूर्व सभामुख पनि हुन।
    किन हुँदै छ भ्रमण ?
    एसियाली मुलुकहरु चीन र भारत आर्थिक रुपमा प्रभावशाली बन्दै नयाँ विश्व व्यवस्था निर्माणतर्फ विश्व अग्रसर हुंदै जाँदा विश्व महाशक्ति अमेरिकाले दक्षिण एसिया क्षेत्रमा आफ्नो राजनीतिक तथा रणनीतिक प्रभाव शशक्त पार्ने कोशिश गरिरहेको छ। अमेरिकी यस रणनीतिक तथा सामरिक उद्देश्यलाई एसिया क्षेत्रमा मूलतः भारतले साथ दिइरहेको छ। भारत र अमेरिकाबीच सैन्य, रणनीतिक र सामरिक मुद्दाहरुमा सहकार्य बढेको एक दशक भन्दा बढी भइसकेको छ।

    अमेरिकाको एसिया क्षेत्रमा चासो र प्रभाव बढिरहेकै बेला चीन र भारतका बीचमा रहेको नेपालमा अमेरिकी अधिकारीको भ्रमण पनि बाक्लिन थालेकाले नेतृ पेलिसोको भ्रमण पनि त्यसैको निरन्तरताका रुपमा लिनुपर्ने सरकारी अधिकारीको भनाइ छ।

    अमेरिकाले सैन्य रणनीतिक र सामरिक चासो एसियामा बढेसंगै अमेरिका र भारतको नेपाललाई हेर्ने नीति र व्यवहारमा समानता देखिने गरेको छ। खासगरी चीनको नेपालमा बढ्दो सहभागिता र चासो नियन्त्रण गर्नुपर्छ भन्नेमा अमेरिका, भारत, जापान एवं समग्र पश्चिमा मुलुकहरु एउटै कित्तामा छन्। पेलोसी नेतृत्वको टोलीले चीनद्वारा पृथकतावादी घोषित दलाई लामा र लोबसाङ् साङ्गेसंग भारतमा भेटवार्ता गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

    दलाई लामाले हालै भारत नियन्त्रित अरुणाअंचल प्रदेश ९जसलाई चीनले दक्षिण तिब्बत मान्छ० भ्रमण गरेपछि चीन र भारतबीचको सम्बन्धमा दरार आइरहेका बेला अमेरिकी सिनेटले दलाई लामालाई धर्मशालामा भेटेर तिब्बत पृथकतावादी आन्दोलनमा आफ्नो समर्थन रहेको दोहोर्‍याउन लागेको भारतीय संचारमाध्यमले जनाएका छन्। पेलोसीले सन् २००७ मा दलाई लामालाई अमेरिकी संसदमा कंग्रेसनल गोल्ड मेडल दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उक्त कदमको चीनले कडा विरोध गरेको थियो। अहिले फेरि दलाई लामा र तिब्बतको सवाललाई लिएर चीन र भारतबीच तनाव बढेका अमेरिकी सिनेटहरु नेपाल र भारतको भ्रमणमा आउनुलाई महत्वका साथ हेरिएको छ।

    नेपालमा शरण लिइरहेका तिब्बतीबाट सन् १९९० पछि जन्मेका सन्ततीलाई नागरिकता परिचयपत्र दिन, उनीहरुको मानवअधिकार संरक्षण गर्न, उनीहरुको अभिव्यक्ति स्वतन्त्रता र भेला हुन पाउने अधिकारको सुनिश्चित गर्न नेपालका सरकारी अधिकारीलाई अमेरिकाले लामो समय यता आग्रह गर्दै आएको छ। तिब्बतीबाट भागेर नेपाल हुँदै भारतसम्म सहज रुपमा जान दिन र नेपाल फर्केर उनीहरुलाई राजनीतिक प्रदर्शनमा सहभागी हुनबाट नरोक्न अमेरिकाले आग्रह गर्दै आएको छ। अन्नपूर्णपोष्ट बाट

    Subjects:

  • No Comment to " किन आयो त ? अमेरिकी सिनेटको टोली नेपाल भ्रमणमा "