• बाबुरामको नयाँ शक्ति खुइलिदै : एकपछि अर्को गर्दै नेताहरु धमाधम पार्टी परित्याग गर्दै

    Reporter: Becoming Kishor
    Published: Wednesday, May 3, 2017
    A- A+
    काठमाडौं । नयाँ शक्ति पार्टीका नेता देव लिम्बूले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले   पार्टीलाई सुधार्न नसकिने भन्दै  पार्टी त्यागेका हुन् ।


    नयाँ शक्तिमा लिम्बूले लामो समयदेखि संयोजक डा. बाबुराम भट्टराई विरुद्ध वैचारिक संघर्ष गर्दै आएका थिए । गत साता राजधानीमा सम्पन्न नयाँ शक्तिको केन्द्रीय परिषद् वैठकमा लिम्बूले फरक मत प्रस्तुत गर्न खोजेका थिए । तर, संयोजक भट्टराई सहित पूर्व माओवादीहरुले पार्टीमा फरक मत राख्न नपाइने भन्दै लिम्बूलाई विचार राख्न दिएका थिएनन् ।

    असहमत विचार राखेकै कारण डा. भट्टराईले लिम्बूलाई ट्विटरमा समेत ब्लक गरेको बताइएको छ ।  लिम्बूले दिएको पार्टी त्यागको विज्ञप्तिमा नयाँ शक्ति अब पार्टी बन्न नसक्ने उल्लेख छ । उनले लेखेका छन्– ‘आर्थिक समृद्धि र संविधान कार्यान्वयनका लागि भन्दै नयाँ शक्ति खोलिएको हो, त्यही विचार बोकेर धेरै मानिस यो पार्टीमा लागे, देशहितका लागि इमानदारीपूर्वक लागेकाहरुलाई नयाँ शक्ति नेतृत्वले नराम्रोसँग फसाएको छ ।’

    Subjects:

  • No Comment to " बाबुरामको नयाँ शक्ति खुइलिदै : एकपछि अर्को गर्दै नेताहरु धमाधम पार्टी परित्याग गर्दै "