• पोखरामा कांग्रेसका मेयर उम्मेदवारले भने– माओवादीले धोका दियो

    Reporter: Becoming Kishor
    Published: Monday, May 15, 2017
    A- A+
    पोखरा, २ जेठ– पोखरा र भरतपुर महानगर पालिकामा चुनावी तालमेल गरेका सत्तारुढ कांग्रेस र माओवादीबीच मत गणनाको प्रारम्भिक नतिजा आउन थालेपछि आरोप प्रत्यारोप चल्न थालेको छ ।


    प्रमुख प्रतिपक्षी दल एमाले विरुद्ध चुनावी तालमेल गर्दै भरतपुर महानगरपालिकामा प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन र पोखरा लेखनाथ महानगरमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीका ज्वाईं रामजी कुँवरलाई जिताउन कांग्रेस माओवादीबीच तालमेल भएको थियो ।

    तर, प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक हुनासाथ पोखरा लेखनाथमा पछि पर्दे गएपछि कांग्रेस उम्मेदवार कुँवरले आफूहरुलाई माओवादीले धोका दिएको वताएका छन् । ‘तालमेलमा इमान्दारिता भएन, धोका भयो’ कुँवरले मतगणनास्थलमा आफू निकटहरुसँग भने, ‘बरु एक्लै लडेको भए बेग्लै मनोबलले चुनाव हाँक्न सकिने रहेछ ।’

    Subjects:

  • No Comment to " पोखरामा कांग्रेसका मेयर उम्मेदवारले भने– माओवादीले धोका दियो "