• जानी राखौ पेनकिलरको सेवनले निमत्याउने खतरा, मृत्युुसम्म हुन सक्ने

    Reporter: Arjun Bhattarai
    Published: Tuesday, May 23, 2017
    A- A+
    बैशाख । हालै गरिएको एक अनुसन्धानले इबुप्रोफिन या अन्य  दुखाइ कम गर्ने औषधी( पेन किलार) को सेवन एक हप्ता मात्र गर्दा पनि पक्षघात हुने संभावनामा बृद्धी भएको दाबी गरेको छ । करिब ४५०००० बिरामी गरिएको अध्यनमा दुखाइ कम गर्ने औषधीको यी पाँच –आईबुप्रोफिन, सेलेकाक्सिब, डिक्लोफेनेक, नेपोरोक्सन, र राफेकोक्सीबका प्रयोग मुटुको समस्यासगँ जोडिएको पाइएको छ ।



    क्यानडियन अध्यनकर्ताका अनुसार जो व्यक्ति नन् स्टेरायडल र एन्टी इनफ्यामन्टरी (एनएसएआईडी)को कडा खुराकको प्रयोग गर्छन् तिनीहरुमा पक्षघात जोखिम बढी हुन्छ भने खतराको संकेत बिरामीले एक हप्ता पछि मात्र पाउँछन् । दुखाइ कम गर्ने औषधी मध्यका पाँचको सेवन गर्ने व्यक्तिहरुका तुलनामा सो औषधीको सेवन नगर्ने व्यक्तिहरुमा पक्षघात हुने संभावना न्यून हुने गणना टोलीले बताएका छन् । अध्यनकर्ताका अनुसार विशेषत  इबुप्रोफिनको सेवन दुखाइ कम प्रयोग गर्दा पक्षघात जोखिम धेरै हुने बताएका छन् ।

    अध्यनका अनुसार एक हप्ता सम्म आईबुप्रोफिन खाने बिरामीमा पक्षघातको जोखिम ४८ प्रतिशत क्रमशः केलेकाक्सीबको २४ प्रतिशत, डिक्लोफनेकको ५० प्रतिशत,नेरोप्रोक्सन ५३ प्रतिशत, र रीफेक्साइब ५८ प्रतिशत बृद्धी भएको छ । दुखाइ कम गर्ने औषधीको सेवनले उच्चरक्तचाप र अन्य नसा रोग पनि निमत्याउन सक्ने खतरा पनि उतिकै रहेको भन्दै विशेषज्ञहरुले चेतावनी समेत दिएका छन् । अध्यनकर्ताले पछिल्लो समयमा यो विषयमा ४४६७६३ मानिसमा गरेको अध्यनले ६१४६० मानिसलाई पक्षघात भएको जनाएको छ । अध्यनले यो पनि पत्ता लागेको छ कि एनएसएआईडीको निर्धारित खुराक सेवन गर्ने गर्दा जोखिम समयको साथसाथै पक्षघात जोखिम सामान्य स्तरसम्म कम भएको छ ।

    Subjects:

  • No Comment to " जानी राखौ पेनकिलरको सेवनले निमत्याउने खतरा, मृत्युुसम्म हुन सक्ने "