• विश्वमा फैलियो अहिले सम्मकै खतरनाक भाइरस,यस्तो छ ह्याकरको नयाँ धन्दा

    Reporter: Kishor Bhatta
    Published: Sunday, May 14, 2017
    A- A+
    एजेन्सी – कम्प्युटर सुरक्षाको क्षेत्रमा नयाँ चुनौती थपिएको छ । ह्याकरहरुको एक समूहले विश्वमा अहिलेसम्मकै सबैभन्दा खतरनाक भाइरस फैलाएका छन् । विश्वको १०० भन्दा बढि देशमा फैलाएका Wannacry ransomware नामको भाइरसहरु विशेषहरु बैक र अस्पतालको कप्युटरका आक्रमण गरेको पाईएको छ । उक्त भाइरसले १० घण्टामा ४५ हजार भन्दा बढि कप्युटरमा आक्रमण गर्नेछ ।


    यस्तो हुनेछ भाइरसको आक्रमणपछि
    ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएचएस) यसबाट निकै नराम्रोसँग प्रभावित भएको छ जसका कारण बिरामीको अनलाइन रेकर्ड नियन्त्रण बाहिर रहेको छ । यी हमलापछि एक प्रोग्रामले हज्जारौं स्थानका कम्प्युटर लिक गरियो र पेमेन्ट नेटवर्क ‘बिटकाइन’ मार्फत २ सय ३० पाउन्डको फिरौती मागिएको छ ।

    यसको प्रभाव सबैभन्दा बढि रसियामा देखिएको छ भने भारतमापनि यसले असर गरिसकेको छ । ब्रिटेन, अमेरिका, चीन, रुस, स्पेन, इटली, भियतनाम र थुप्रै अन्य देशमा ‘र्यानसमवेयर’ साइबर हमलाको खबर छ । प्रभावित थुप्रै संगठनले कम्प्युटर लक भएको र फिरौतीको माग गरिएको स्क्रिनसट सार्वजनिक गरेका छन्  । यो भाइरस कम्प्युटरमा एकपटक छिरिसकेपछि कम्प्युटर नचल्ने र आफुले त्यो कम्युटर नै चलाउने नमिल्ने र पुरै राताम्मे हुनेछ । उक्त भाइरसले आक्रमण गरेपछि ह्याकरहरुलाई ३ सय डलर नतिर सम्म आफ्नो सिस्टम चलाउने पाईने छैन् ।

    ब्रिटेनको स्वास्थ्य सेवा निशानामाः

    एक साइबर सुरक्षा शोधकर्ताले उनीहरुले यसको बदलामा फिरौती मागेको ३६ हजारवटा घटना थाहा भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । यो ‘वानाक्राइ’ वा योसँग मिल्दोजुल्दो नामबाट गरिएको छ । उनले भने, ‘यो निकै ठूलो हो ।’ थुप्रै अस्पतालले आफूहरु बिरामीको डेटासम्म पुग्न नसकेको बताएका छन् । एनएचएसमाथि यो हमलाको सबैभन्दा नराम्रो असर पुगेको छ । यसका लागि थुप्रै कारण हुनसक्छन् ।

    सबैभन्दा सम्भव कारण यो हुनसक्छ कि यो एक निकै ठूलो आइटी इन्फ्रास्ट्रक्चरको सहारामा चल्ने एक ठूलो संस्था हो । यसका थुप्रै पार्टनर र सप्लायर्स छन् जसमार्फत यसको ‘कोर नेटवर्क’ सम्म पुग्न सकिन्छ । लिभरपुलको एक मेडिकल सेन्टरमा काम गर्ने डाक्टर क्रिस मिमनागका अनुसार हमलाका कारण उनको काम असम्भव भएको छ ।

    उनले भने, ‘हाम्रा बिरामीका पूरा रेकर्ड– रगतको रिपोर्ट, हिस्ट्री, औषधीजस्ता जानकारी कम्प्युटरमार्फत नै हेर्ने गर्दथ्यौं । हामी औषधी पनि विद्युतीय तरिकाले लेख्छौं । यो सिधै फार्मेसीसम्म पुग्थ्यो । यतिबेला यो पूरा सिस्टम हाम्रो नियन्त्रणभन्दा बाहिर भएको छ ।



    यो एक अन्तर्राष्ट्रिय हमला होः थेरेसा मे

    यो हमला अमेरिकी सुरक्षा एजेन्सीले बनाएको प्रविधिमार्फत गरिएको अनुमान गरिएको छ । बीबीसीले अहिलेसम्म स्वास्थ्य सेवासँग जोडिएका ४० संस्थाहरु यसबाट प्रभावित भएको खबर पाएको छ । ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मे ले भनिन्, ‘यो नेशनल हेल्थ सर्भिसमाथि मात्र निशाना होइन । यो एक अन्तर्राष्ट्रिय हमला हो र थुप्रै देश र संस्था यसबाट प्रभावित भएको छ ।’

    समाचार एजेन्सी एपीका अनुसार बेलायतका थुप्रै अस्पताले कम्प्युटर खोल्न नै समस्या भइरहेको बताएका छन् । जुन कम्प्युटर ह्याक भएका छन् ती खोल्दा एक मेसेज देखिएको छ जसमा फाइल रिकभर गर्न चाहेमा पैसा तिर्नुपर्ने हुन्छ भन्ने मेसेज दिइएको छ ।

    बेलायतको नेशनल हेल्थ सर्भिसका इन्सिडेन्ट डायरेक्टर डाक्टर एनी रेन्सबेरीले भने, ‘जहिलेसम्म हामी यो ठूलो घटनाबाट पार पाउँदैनौं हामीले मानिसहरुसँग बुद्धिमानी ढङ्गले एनएचएसको प्रयोग गर्न अपिल गरेका छौं ।’

    के हो रेनसमवेयरः

    रेनसमवेयर एक कम्प्युटर भाइरस हो जसले कम्प्युटरको फाइललाई बर्बाद गरिदिने धम्की दिने गर्दछ । यदि फाइललाई बचाउन चाहे त्यसको लागि पैसा तिर्नुपर्ने धम्की दिइएको हुन्छ । यो भाइरस कम्प्युटरमा रहेको फाइल र भिडियोलाई इन्क्रिप्ट गरिदिन्छ र पैसा तिरेपछि डिक्रिप्ट गरिन्छ । यसमा पैसा तिर्नका लागि एक समयसीमा निर्धारण गरिएको हुन्छ र यदि समयमा पैसा नदिए मूल्यको बढोत्तरी गरिन्छ ।

    भाइरसबाट कसरी बच्ने त ?
    हामीले भाइरसबाट सुरक्षित रहनको लागि केही सुरक्षाका विधिहरु अपनाउनु पर्छ। तपाईलाई पनि भाइरसले हैरान पारेको छ वा भाइरसको जोखिम छ भने तलका उपायहरु अपनाउनाले पनि केही हदसम्म सुरक्षित रहन सकिन्छ।
    १. कम्प्युटरमा जहिले पनि राम्रो एण्टी भाइरस प्रोग्राम (नर्टन, म्याकएफी, एभिजी, पिसि सिलिन, नड ३२) राख्नुहोस्। र त्यसलाई निरन्तर रुपमा अपडेट गरि राख्नुहोस्।
    २. फ्लपी, पेन ड्राइभ, सीडी प्रयोग गर्दा खोल्नुभन्दा पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रयोग गर्नुहोस्।
    ३. इन्टरनेट प्रयोग गर्दा विज्ञापनको आधारमा जुनपायो त्यही ठाउँमा क्लिक नगर्नुहोस्।
    ४. सफ्टवेयर डाउनलोड सकेसम्म नगर्नुहोस् यदी तपाई राम्रोसंग बुझेर डाउनलोड गर्दै हुनुहुन्छ भने विश्वस्त साइटबाट मात्र गर्नुहोस्। डाउनलोड सकिएपछि पहिले स्क्यान गर्नुहोस् अनिमात्र प्रोग्राम रन गर्नुहोस्।
    ५. स्क्रिनसेभर एनिमेटेड वालपेपर जस्ता सफ्टवेयर डाउनलोड गर्दा विशेष ध्यान पुर्‍याउनुहोस् किनकी धेरैजसो भाइरस सर्ने भनेकै यस्तै सफ्टवेयरबाट हो।
    ६. नचिनेको व्यक्तिको इमेलमा एट्याचमेन्ट छ भने डाउनलोड गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
    ७. इमेल इनबक्समा आफ्नो परिचित व्यक्तिकै इमेल ठेगाना छ तर नाम आउनुपर्ने (From Field) मा पूरै ठेगाना आएको छ भने त्यो इमेलमा भाइरस हुनसक्छ। त्यस्तो इमेलमा केही छैन भनेपनि त्यसलाई रिप्लाई नगर्नुहोस् बरु सिधै हटाइदिनुहोस्।
    ८. धेरैजसो भाइरस विन्डोजलाई लक्षित गरि बनाइएकाले जान्ने भएमा लिनक्स सञ्चालन प्रणाली चलाउनु सबैभन्दा उत्तम उपाय हो ।


    २० देशमा देखिएको नजिता
    के हो त कम्प्युटर भाइरस ?
    तपाई हामीले कम्प्युटर भाइरसको बारेमा सुनेका छौँ। कैयौँलाई त भाइरसले हैरान पारेको पनि होला। आखिर के हो त कम्प्युटर भाइरस? यसको बारेमा केही जानकारी लिउँ । कम्प्युटर भाइरस कुनै जिवित प्राणी वा जिवाणु होइन। यो एकप्रकारको कम्प्युटर प्रोग्राम (एप्लिकेशन) हो। भाइरस कम्प्युटरमा मात्र चल्छ। यसप्रकारको भाइरसले मानिसलाई केही गर्दैन। यसले हाम्रो कम्प्युटरमा भएका फाइल र प्रोगामहरुलाई बिगार्ने, गलत निर्देशन दिने र खास प्रकारका कामहरु गर्न नदिने आदि गर्छ। भाइरसले के काम गर्ने भन्नेकुरा भाइरस निर्माताहरुले नै पहिल्यै निर्धारण गरेका हुन्छन्। र भाइरसले त्यसैअनुरुप हाम्रो कम्प्युटरमा काम गर्छ।

    किन बन्छन् त भाइरस?

    भाइरस बनाउनुका धेरै कारणहरु हुनसक्छन् तर पनि धेरैजसो भाइरसहरु निश्चित प्रकारका कम्पनी वा संस्थाहरुको डाटाबेसलाई बिगार्नको लागि अपराधीहरुले नियोजित रुपमा बनाएका हुन्छन्। यसप्रकारका भाइरसले कुनै कम्प्युटरमा प्रवेश गरेपछि त्यो कम्प्युटरमा भएका फाइल र तथ्यांकहरुलाई बिगारिदिन्छ र ती फाइलहरु पुनः पहिलेको अवस्थामा ल्याउनको लागि भाइरस निर्माताहरुले गैरकानूनी रुपमा मागहरु राख्छन्। त्यसबाहेकाफ्टवेयर निर्माताहरुबीचमै पनि एकअर्काको सफ्टवेयर बिगार्नको लागि भाइरस बनाइन्छन्। यसप्रकारका अस्वस्थ प्रतिस्पर्धाको चपेटामा पनि साधारण प्रयोग कर्ताहरु परेका हुन्छन्। त्यसबाहेक सफ्टवेयर विकासकर्ताहरुले निश्चित प्रकारको सफ्टवेयर बनाउने क्रममै गल्तीवश पनि भाइरस बन्न पुग्छन्।

    भाइरसले कसरी काम गर्छ त?
    साधारणतया हामीले प्रयोग गर्ने सफ्टवेयरहरु (वर्ड, एक्सेल, फोटोसप, गेमहरु )ले हामीले निर्देशन नदिँदासम्म काम गर्दैनन्। तर भाइरसको लागि हाम्रो निर्देशन आवश्यक पर्दैन। भाइरसले के काम गर्ने भन्ने कुरा भाइरस निर्माताले पहिले नै निर्धारण गरेका हुन्छन्। भाइरसले पनि हाम्रो कम्प्युटरमा खुल्नेबित्तिकै निर्माताकै निर्देशन बमोजिम काम गर्न थाल्छन्। धेरैजसो भाइरसहरुले कुनैपनि कम्प्युटरमा खुल्ने बित्तिकै आफ्ना धेरै प्रतिलिपी (कपी) बनाउँछ र हामीले जतिपनि हार्ड ड्राइभको भागहरु (सी,डी,ई) फ्लपि, पेन ड्राइभ खोल्छौ ती सबैमा गएर बस्छ। र त्यहीँबाट हामीलाई काम गर्दा बाधा पुर्‍याउने, निर्देशन दिएभन्दा बाहेकका र गलत काम गर्ने गरेर हैरान पार्छ। भाइरसले कतिपय प्रोग्रामहरु खुल्न नदिने समेत गर्छ।
  • No Comment to " विश्वमा फैलियो अहिले सम्मकै खतरनाक भाइरस,यस्तो छ ह्याकरको नयाँ धन्दा "