• आफु माथि लगाइएका सम्पुर्ण अरोपहरु झुठा र अर्थहिन भएको सांसद शाहको भनाई ।।

    Reporter: EduDainik
    Published: Tuesday, May 16, 2017
    A- A+
    कपिलवस्तु जेठ २/सुबोध रेग्मी

    कपिलवस्तुको क्षेत्र नं ५ का सांसद अभिषेक प्रताप शाहले सांसद नरसिंह चौधरीले आफु माथि लगाएका सम्पुर्ण अरोपहरु झुठा र अर्थहिन भएको बताउनु भएको छ । उहाले एक प्रेस विज्ञप्ती निकाल्दै सांसद चौधरीले अफुमाथि लगाएको सम्पुण अरोप गलत भएको बताउनु भएको छ । सांसद चौधरीले अधुरो, अपुरो योजनाको अनुगमन गरी गलत अफवाह फैलाएको सांसद शाहले बताउनु भयो । सांसद शाहले निकालेको विज्ञप्तीमा लेखीएको छ जिबिस कपिलबस्तुबाट खटेका समानुपातिक सांसद तथा अनुगमन समिति संयोजक मा. नरसिहं चौधरीले मेरो संसदीय क्षेत्र कपिलबस्तु क्षेत्र नस्५ को निर्वाचन क्षेत्र पुर्वाधार विकास विशेष कार्यक्रम अन्तर्गतका योजना अनुगमन गर्दा अधुरो र प्रारम्भिक अवस्था मै रहेका योजनाहरु परेका छन । सांसद शाहले सामाजिक संजाल फेसबुक मर्फत विज्ञप्ती प्रकाशित गरी आफु माथि लगार्ईका अरोप झुठा भएको बताउनु भएको छ । चौधरीले जातिय पुर्वाग्राही रुपमा अनुगमन गरी शुरुआत अवस्थामा रहेका योजनाहरुलाई आधार बनाई म माथि लगाएका आरोपहरु निराधार र अर्थहीन छन भनेर विज्ञप्तीमा उल्लेख छ । शाहको विज्ञप्ती अनुसार मेरो अनुपस्थितिमा मेरै संसदीय कोषको लगानीमा प्रारम्भिक अवस्थामा रहेका योजनाहरु अनुगमन गर्नु र हेैकमबाजी तरिकाले म माथि आरोप लगायी मिडियाबाजी गर्ने कार्यप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय क्षेत्रमा अनुगमनको बहाना बनाई मेरा कार्यकर्ता माथि अभद्र व्यावहार गरेका सांसद चौधरीको उक्त कार्यले सांसदको ओहदामा प्रश्न चिन्ह समेत खडा भएको शाहद्धारा प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ । सांसद चौधरीले गत हप्ता कपिलवस्तु क्षेत्र नं ५ मा निर्माण भैरहेका संरचनाको अनुगमन गर्नू भएको थियो ।
    abhishek bigyapt

    Subjects:

  • No Comment to " आफु माथि लगाइएका सम्पुर्ण अरोपहरु झुठा र अर्थहिन भएको सांसद शाहको भनाई ।। "