• काठमाडौंमा शाक्य १५ हजार मतसहित अगाडि, भरतपुरमा मतअन्तर घट्दो

    Reporter: Arjun Bhattarai
    Published: Thursday, May 25, 2017
    A- A+
    काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले ५२३९० मत पाएका छन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ३६९८१ मत पाएका छन् । विवेकशील पार्टीकी रञ्जु दर्शना न्यौपानेले १९२५६ मत पाएकी छिन् । शाक्ले १५४०९ मतसहित जोशीलाई पछाडि पारेका छन् ।

    उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीले ४८१०१ मतसहित अग्रता लिइरहेकी छिन् । उनलाई राप्रपाका राजाराम श्रेष्ठले २८४२० मतसहित पछ्याइ रहेका छन् ।

    उता, भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले ३३९९५ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३२४७४ मत पाएकी छिन् ।

    Subjects:

  • No Comment to " काठमाडौंमा शाक्य १५ हजार मतसहित अगाडि, भरतपुरमा मतअन्तर घट्दो "