• देउवाप्रति ओली आक्रामक : यस्ता छन् ७ आरोप

    Reporter: Becoming Kishor
    Published: Tuesday, May 23, 2017
    A- A+
    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक भएका छन् । ओलीले २२ दिनपछि प्रधानमन्त्री हुँदा के बिग्रन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।



    देउवाप्रति ओलीको यस्ता आरोप :–

    १. लोकतन्त्रको आन्दोलन हुँदा बेलायतमा बरालिएको ।
    २. गृहमन्त्री हुँदा निहत्था १ सय २२ नागरिकको हत्या गरेको ।
    ३. कांग्रेस र माओवादीलेजस्तो छोरी जिताउन र आफू प्रधानमन्त्री हुने स्वार्थमा तालमेल नगरेको ।
    ४. हलो जोत्ने मान्छेले हातमा किताव होइन, लौरो बोकेको हुन्छ, किताव देखाउँदा त्यो तान्नेले मान्दैन ।
    ५. शान्तिपूर्ण आन्दोलनमा दमनमा उत्रिएको ।
    ६. असोज १८ माघ १९ देउवाकै कारणले भएको भन्दै कांग्रेस समेत फुटाउनेले देउवाले अहिले फेरि गोलीको आँखा हुँदैन भन्दै हिँडेको ।
    ७. उहाँलाई अहिले प्रधानमन्त्री हुन हतार भएर थाल खाउँ कि भात खाउँ भएको छ ।

    Subjects:

  • No Comment to " देउवाप्रति ओली आक्रामक : यस्ता छन् ७ आरोप "