• सहमतिको सरकारमा जोड दिंदै अध्यक्ष ओलीले भने- अवको प्रम प्रमाणित असफल नहोस्

    Reporter: Becoming Kishor
    Published: Sunday, May 28, 2017
    A- A+
    काठमाडौं, १४ जेठ– एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिय सरकार गठनमा जोड दिंदै त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री इलाकाबादी, क्षेत्रबादी र जातीबादी नभई राष्ट्रबादी हुनुपर्ने बताएका छन् ।

    प्रेस चौतारी कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले राष्ट्रिय सहमतिको सरकार भन्नेबित्तिकै नझस्किन सुझाव दिंदै तर अवको प्रधानमन्त्री निर्वाचन गराउन असक्षम हुनु नहुने र प्रमाणित रुपमा असफल हुनु नहुने बताए । ‘अहिले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ । त्यस्तो सरकार इलाका, क्षेत्र र जातिबादी नभएर राष्ट्रबादी हुनुपर्छ, जनबादी हुनुपर्छ’ एक प्रश्नको उत्तरमा पूर्बप्रधानमन्त्री ओलीले भने,‘अवको प्रधानमन्त्री असक्षम नहोस, प्रमाणित रुपमा असफल नहोस, निर्वाचन गराउन सक्षम होस ।’


    प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि प्रधानमन्त्री बन्न तयार कांग्रेस सभापति शेरबहादुर देउवाप्रति संकेत गर्दै ओलीले निर्वाचन गराउस असफल प्रमाणित हुने प्रधानमन्त्री देशलाई नचाहिएको ब्यङय गरेका हुन् । देउवालाई तत्कालिन राजा ज्ञानेन्द्रले निर्वाचन गराउन असक्षम रहेको आरोप लगाउँदै सत्ता आफ्नो हातमा लिएका थिए ।

    देश र जनताप्रति मायाँ गर्नेले एमालेलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लिखित प्रस्ताव लिएर जानुपर्ने समेत उनले बताए ।
    वर्तमान सत्तालाई कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा) सहितको त्रिपक्षीय सत्ताको  संज्ञा दिंदै अध्यक्ष ओलीले सत्तापक्ष जेठ ३१ का लागि तोकिएको दोश्रो चरणको निर्वाचन नगराउने षड्यन्त्रमा लागेको बताए । ‘हात्तीको माउतेले हात्तीलाई नियन्त्रण र निर्देशित गरेजस्तै, यो सरकारको माउते पनि राजपा हो । यो सरकार राजपाबाट निर्देशित र नियन्त्रित भएर काम गरिरहेको छ । राजपालाई अघि सारेर सरकार निर्वाचन नगराउने खेलमा लागेको छ’ उनले भने ।




    पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेर दोश्रो चरणको तयारी भईरहँदा त्यसका बीचमा सिमा निर्धारण र स्थानीय तहको संख्या थप्ने बिषय उठाउनु निर्वाचन बिथोल्ने र भाँड्ने उदेश्यबाट निर्देशित भएको उनले बताए । ‘राजपाललाई मागपत्र पेश गर्न लगाउने, उसले निर्वाचन गराउन मानेन भन्ने तर आफैं निर्वाचन नगराउने योजनामा कांग्रेस र माओवादी केन्द्र लागेका छन्’ ओलीले भने,‘सरकारले निर्वाचन गराउनभन्दा अन्यत्रै ध्यान दिएको छ । यो निर्वाचन नगराउने खेल नै हो ।’
    प्रतिपक्ष एमाले भने सरकार जस्तो भएको, निर्वाचनका लागि जिम्मेबार भएर लागेको तर सत्तापक्ष भने गैर जिम्मेबार भएको उनले बताए । ‘सरकार चुनाव गराउने जिम्मेवारीबाट भाग्न खोजिरहेकोे छ ।  एमालेले रोक्ने काम गरिरहेको छ । एमालेलाई हराउने षड्यन्त्र अनुरुप सरकारले स्थानिय तहको संख्या थप्ने काम गरेको छ । सर्वोच्च अदालतले त्यसलाई रोकेर ठीक ठाउँमा ल्यायो’ ओलीले भने ।

    ओलीले कांग्रेस सहमतिको बाधक भएको समेत आरोप लगाए । माओवादी केन्द्रप्रति नरम भएर प्रस्तुत भएका ओलीले अन्य दल सहमतिका लागि तयार भएको दाबी गर्दै भने,‘नेपाली कांग्रेस मात्रै हो सहमति हुन नदिने, मधेशीलाई उक्साउने, भड्काउने, अरु कोहीपनि होईन ।’

    Subjects:

  • No Comment to " सहमतिको सरकारमा जोड दिंदै अध्यक्ष ओलीले भने- अवको प्रम प्रमाणित असफल नहोस् "