• भरतपुर महानगरपालिकामा तीन हजार बढी मतले एमालेको अग्रता

    Reporter: Arjun Bhattarai
    Published: Monday, May 22, 2017
    A- A+
    भरतपुर महानगरपालिकाको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । एमालेका देवी ज्ञवालीले कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहाललाई ३ हजार ३ सय ८९ मतले पछि पारेका छन् । ज्ञवालीले २४ हजार ९ सय १२ मत ल्याएका छन् भने रेणु दाहालले २१ हजार ५ सय २३ मत ल्याएकी छन् ।



    यसैगरी भरतपुर -१२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । यस वडा अध्यक्षमा नरेन्द्र कन्दङ्वा ५२३ मतले विजयी भएका छन् ।
    भरतपुर महानगरकामा १४ वडाको मत गनेर सकिएको छ । सम्पन्न भएको मतगणना मध्ये एमाले १० वडामा विजयी भएको छ । बाँकी ४ वडामा कांग्रेस विजयी भएको छ ।

    Subjects:

  • No Comment to " भरतपुर महानगरपालिकामा तीन हजार बढी मतले एमालेको अग्रता "