• चुनाब हार्ने भएपछि माओवादी केन्द्रले गणना बिथोल्यो, दुई माओवादी कार्यकर्ता पक्राउ (भिडियो)

    Reporter: Becoming Kishor
    Published: Sunday, May 28, 2017
    A- A+
    आज गणतन्त्र दिवस 

    काठमाडौं, १५ जेठ – चुनाव हार्ने भएपछि माओवादी केन्द्रका कार्यकर्ताले मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणना बिथोलेका छन् ।



    महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राती पौने १२ बजे दुई माओवादी कार्यकर्ताले जर्बजस्ती मतगणना स्थल प्रबेश गरी मतपत्र च्यातेका हुन् । वाइसिएल चितवनका अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातेका हुन् ।  उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    मतदान अधिकृत कविप्रसाद न्यौपानेले आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको बताएका छन् । ‘मतपत्र च्यातेर मतगणनास्थल रणभूमि बनाइयो,’ उनले पत्रकारहरुसँग भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’

    भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो । मतगणना अन्तिमतिर पुग्दापनि एमालेका उम्मेद्वार देबी ज्ञवालीले सत्तापक्षकी उम्मेद्वार रेणु दाहाललाई पछि पारिरहेका थिए । तिब्र प्रतिस्पर्धा रोचक मोडमा प्रबेश गरेको थियो । एमालेका उम्मेद्वार ज्ञवालीले निर्वाचन हार्ने निश्चित भएपछि माओवादी केन्द्रले योजनाबद्ध ढंगमा मतपत्र च्यातेको प्रतिक्रिया दिएका छन् ।

    Subjects:

  • No Comment to " चुनाब हार्ने भएपछि माओवादी केन्द्रले गणना बिथोल्यो, दुई माओवादी कार्यकर्ता पक्राउ (भिडियो) "