• सुशीला कार्कीको फैसला : सुडान काण्डमा तीन पूर्व आइजिपीलाई जेल हाल्ने

    Reporter: Becoming Kishor
    Published: Sunday, April 30, 2017
    A- A+
    काठमाडौं । सुडान घोटाला काण्डमा नेपाल प्रहरीका तीन पूर्वआईजीपीलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको छ ।


    सर्वोच्च अदालतले विशेष अदालतले फैसलामा उल्टाउँदै पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।

    राणालाई २ वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ भने ठकुरी र गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ ।

    यस्तै श्याम सिंह थापा र दिपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार जरिवाना तथा दिपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

    प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएकै दिन कार्कीसहितको इजलासले सुडान काण्डको फैसला सुनाएको हो ।

    Subjects:

  • No Comment to " सुशीला कार्कीको फैसला : सुडान काण्डमा तीन पूर्व आइजिपीलाई जेल हाल्ने "