• रेमिट्यान्स घट्नु चिन्ताजनक : विश्व बैंक

    Reporter: EduDainik
    Published: Monday, April 24, 2017
    A- A+
    बैशाख १२, २०७४ काठमाडौं : विकासशील मुलुहरूको मुख्य आमदानीको रूपमा रहेको विप्रेषण (रेमिट्यान्स) घट्न थालेपछि यी मुलुकको अर्थतन्त्रमा जोखिम बढ्ने विश्व बैंकले जनाएको छ। नेपालको रेमिट्यान्स पनि घट्दो दरमा छ। विश्व बैंकका अनुसार सन् २०१६ मा विकासशील राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह २.४ प्रतिशतले घटेर ४ खर्ब २९ अर्ब अमेरिकी डलरमा झरेको छ। सन् २०१५ मा रेमिट्यान्स आप्रवाह ४ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको थियो। सोही अवधिमा उच्च आय हुने राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह वृद्धिदर १.२ प्रतिशतले खुम्चिएको विश्व बैंकको तथ्यांक छ। विश्व बजारमा तेलको मूल्यमा आएको कमीका कारण खाडी मुलुकको आर्थिक वृद्धिदरमा आएको कमी, अमेरिकी डलरको मूल्यमा आएको कमीलगायत कारण विकासशील राष्ट्रहरूमा रेमिट्यान्स आप्रवाह वृद्धिदरका कमी आएको विश्व बैंकको भनाइ छ। विश्वको सबैभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने मुलुक भारतमा पनि सन् २०१६मा रेमिट्यान्स आप्रवाह ८.९ ले घटेर ६२ अर्ब ७० करोड अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ। सन् २०१५ मा भारतले प्राप्त गरेको रेमिट्यान्स ६८ अर्ब ९० करोय डलर थियो। यसैगरी दक्षिण एसिया क्षेत्रमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले घटेको विश्व बैंकको तथ्यांक छ। तेलको मूलयमा आएको कमीले खाडी मुलुकको आर्थिक गतिविधि प्रभावित भएपछि दक्षिण् एसियाली राष्ट्रहरूमा पनि रेमिट्यान्स आप्रवाह घटेको हो। यस अवधिमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत राष्ट्रको रेमिट्यान्स आप्रवाह वृद्धिदर पनि घटेको विश्व बैंकले जनाएको छ। Source Thahakhabar

    Subjects:

  • No Comment to " रेमिट्यान्स घट्नु चिन्ताजनक : विश्व बैंक "