• सानो भए पनि हजारौ गुणा खतरनाक झिँगाको बारेमा जानौं यी तथ्य

    Reporter: Becoming Kishor
    Published: Friday, April 28, 2017
    A- A+
    गर्मी भन्ने बित्तिकै पहिला दिमागमा आउने कुरा हो चर्को घाम र तातो मौसम लगायत देख्दै घिन लाग्ने झिँगाहरु घरका कोठा, भन्सा र पुरै खाना दुसित बनाउने समय हो ।त्यही कारण नि होला मानिसहरु झिँगा खानामा बस्नु अगि नै तिनीहरुलाई पर भगाउन रुचाउँछन् । साधारणतय किरा भन्ने वित्तिकै रोग निम्ताउने साधनको रुपमा लिने गरिन्छ । त्यसैले पनि खानालाई झिँगा लगायतमा किराहरुबाट टाढा नै राख्ने गरिन्छ । मानिसको सोचाइ भन्दा निकै भयानक र डरलाग्दो झिँगा र त्यसले मानव जीवनमा गर्ने हानी ।


    झिँगाले खानामा बसेर मात्र होइन त्यसमा बन्ता नै गरेर खाना दुसित पार्छ । प्राय मलमुत्र, कुहिएका बस्तु र फोहोरमा बस्न रुचाउने झिँगा एक पटक खानामा बस्दा कम्तिमा २०० हानिकारक ब्याक्टेरिया बोक्ने एक अनुसन्धानमा फेला परेको छ । झिँगाको शरीरमा १००० भन्दा पनि बढी स–साना रौँ हुन्छन् जसका कारण यदि झिँगा खानामा छोयो मात्र भने पनि तिनीहरुको शरीर भरी भएका स–साना रौँ मा रहेका रोगका किटाणुले खानालाई संक्रमित् बनाउँछ ।

    झिँगाकै कारणले विभिन्न डरलाग्दा सरुवा रोग लाग्ने हुँदा झिँगा बसेको खानेकुरा फाल्दिनु नै राम्रो हुने विज्ञहरुको सल्लाह रहेको छ । हामी मध्य कति त यही सोच्छौँ झिँगाले खानेकुरामा बसेरै खानालाई संक्रमित पर्छ तर यो सोचाइ पूरै सत्य होइन, झिँगाले खानेकुरामा बान्ता गरेर खाना दुसित पार्ने गर्छ । किराहरुले चपाउन नसक्ने भएकै कारण फेरी खानाका लागि पाचन इन्जाइमहरु सक्रिय गर्न बान्ता गर्ने गर्छन् । प्रत्यक पटक झिँगा खानेकुरामा बसेपछि त्यसले खानामा बान्ता गरेकै हुन्छ । त्यसैले झिँगा अथवा अरु कुनै किराले छोएको चुढेर फाल्नु नै उचित मानिन्छ । जसले गर्दा मानिस रोग मुक्क्त हुन सक्छन् ।

    Subjects:

  • No Comment to " सानो भए पनि हजारौ गुणा खतरनाक झिँगाको बारेमा जानौं यी तथ्य "