• राप्रपाको आकस्मिक बैठक बस्दै, सरकार छाड्ने संकेत

    Reporter: Becoming Kishor
    Published: Sunday, April 30, 2017
    A- A+
    काठमाडौं । सत्तारुढ दल राप्रपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । आकस्मिक रुपमा बोलाएको बैठकले सरकार छाड्ने कि नछाड्नेबारे निर्णय गर्ने भन्ने बुझिएको छ ।


    राप्रपा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेकोमा असहमति जनाउँदै सरकारबाट बाहिरिने संकेत गरेको छ ।

    सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा अध्यक्षसमेत रहेका कमल थापाले ट्विट गर्दै असन्तुष्टि जनाएका छन् ।

    महाअभियोगबारे प्रतिक्रिया दिँदै थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् । यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ ।

    Subjects:

  • No Comment to " राप्रपाको आकस्मिक बैठक बस्दै, सरकार छाड्ने संकेत "