• आर्थिक समाचार: आन्तरिक वचत १० प्रतिशत मात्रै

    Reporter: EduDainik
    Published: Wednesday, April 26, 2017
    A- A+
    काठमाडौं १४ वैशाख । नेपालीहरुले प्रत्येक एकसय रुपैंया आम्दानीमा १० रुपैंया २५ पैसा मात्रै बचत गर्ने गरेको पाइएको छ । आम्दानीको अधिकांश हिस्सा बस्तु तथा सेवा उपभोगमा खर्च हुने गरेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।
    आजको कारोबार दैनिकले आन्तरिक बचत १० प्रतिशत मात्रैलाई मुख्य समाचार बनाएको छ । त्यस्तै २५ हिमालमा ७२७ लाई आरोहण अनुमतिलाई पनि कारोबारले लेखेको छ । साना किसानले अझै पाएनन् राहतलाई लेखेको कारोबारले राप्रपा नेपालको घोषणापत्र सन्दर्भमा एक दशकमा गरिबी अन्त्य गर्नेलाई एंकर बनाएको छ ।

    तीन दिनपछि खुल्यो विमानस्थल भन्सारलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । सम्पदा बस्तीमा ९ प्रकारका उद्योग–व्यवसाय गर्न निषेधलाई पनि नयाँ पत्रिकाले लेखेको छ । वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड कार्यान्वयन सन्दर्भमा नयाँ पत्रिकाले गम्भीर रोग लागे कामदारका परिवारलाई पनि उपचार खर्चलाई पनि लेखेको छ ।
    पौने नौ खर्ब पुँजी निर्माणलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । बुटवल धागो लिजमा चलाउने निर्णयलाई पनि अन्नपूर्णले लेखेको छ । एक वर्षमा ६ लाख ३० हजार बिदेसिएलाई पनि अन्नपूर्णले लेखेको छ ।
    डोल्पालीको सडक सपना साकार हुँदैलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । सेयर मूल्यमा असर पर्ने गरी सूचना चुहावटलाई लेखेको नागरिकले ६७ अर्बमा ग्यासबाट मल उद्योगलाई लेखेको छ ।
    नेपाल विद्युत प्राधिकरण नेट मिटरिङ योजनामा अघि बढ्दैलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । तामाकोशी–५ आयोजना सुरुलाई पनि अभियानले लेखेको छ ।

    Subjects:

  • No Comment to " आर्थिक समाचार: आन्तरिक वचत १० प्रतिशत मात्रै "