• भुकम्प पीडितलाई जग्गा किन्न २ लाख दिने प्रस्ताव

    Reporter: EduDainik
    Published: Friday, April 21, 2017
    A- A+
    काठमाडौं, ८ वैशाख । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट घर ध्वस्त भएका भूकम्प पीडितहरुलाई घडेरी खरिदका लागि २ लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घडेरी खरिद गर्नका लागि गरेको प्रस्ताव कार्यकारी समितिले स्वीकृत गरेको छ । अब चाँडै मन्त्रीपरिषदमा पारित गर्न लैजाने प्राधिकरणले जनाएको छ ।
    तर घडेरी खरिद गर्न २ लाख सबै पाउने छैनन् । प्राधिकरणका अनुसार लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका भूकम्पपीडितलाई घडेरी किन्ने रकम दिन प्रस्ताव गरिएको हो ।

    Subjects:

  • No Comment to " भुकम्प पीडितलाई जग्गा किन्न २ लाख दिने प्रस्ताव "