• विरोध थेग्न नसकेपछि हिसिलाले भनिन्ः बेहोसीमा देशविरुद्ध नारा लगाएछु, क्षमा दिनुहोस्(विज्ञप्तिसहित)

    Reporter: Becoming Kishor
    Published: Monday, April 3, 2017
    A- A+
    काठमाडौं, चैत २१ । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले बेहोसीमा देशविरुद्ध नारा लगाएको स्पष्टीकरण दिएकी छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेतृ यमीले बेहोसीमा ‘देशलाई खारेज गर’ भन्ने नारा लगाएकाले क्षमा गरिदिन पार्टी कार्यकर्ता र नागरिकसित आग्रह गरेकी छन् ।

    आइतबार निर्वाचन आयोग घेराउ गर्ने क्रममा उनले ‘देशलाई खारेज गर’ भन्ने नारा लगाएपछि चौतर्फी विरोध भएको थिए । विरोध थेग्न नसकेपछि सोमबार विज्ञप्ति जारी गर्दै उनले आन्दोलनका क्रममा आवेश र बेहोसीमा देशविरुद्ध नारा लगाउन पुगेको स्पष्टीकरण दिएकी हुन् ।
    ‘साथीहरुले सम्झाएपछि मात्रै त्यस्तो नारा लगाएको थाहा पाएँ’ यमीले भनेकी छन्, ‘आवेशमा गल्ती हुन पुग्यो, क्षमा चाहन्छु ।’ नयाँ शक्ति पार्टीकी अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी संयोजक समेत रहेकी नेतृ यमीले दिएको स्पष्टीकरणप्रति पनि विभिन्न टिप्पणी सुरु भएको छ ।

    यमीले लगाएको नाराप्रति आपत्ति जनाउँदै सोमबार दिनभरजसो सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
    विज्ञप्ति हेर्नुहोस्

    Subjects:

  • No Comment to " विरोध थेग्न नसकेपछि हिसिलाले भनिन्ः बेहोसीमा देशविरुद्ध नारा लगाएछु, क्षमा दिनुहोस्(विज्ञप्तिसहित) "