• चुनावको मुखैमा विप्लव कार्यकर्ता सक्रिय, सिन्धुपाल्चोकमा तालाबन्दी

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 19, 2017
    A- A+
    सिन्धुपाल्चोक, ७ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सिन्धुपाल्चोकको विभिन्न ठाउँमा तालाबन्दी गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको विरोध गर्दै आईरहेको उक्त पार्टीले २० बर्षपछि हुन लागेको निर्वाचन खारेज गर्न माग गर्दै तालाबन्दी गरेका हुन् ।
    बुधबार राति जिल्लाको ३ नगरपालिका र ९ गाउँपालिकामा तालाबन्दी गरेको नेकपाका जिल्ला इन्र्चाज चिरन तामाङ ‘हिमाल’ले जानकारी दिए । चिरनकाअनुसार मेलम्ची नगरपालिकाको प्रमुख पुर्ण दुलाल भित्रै थुनिएका छन् । दुलाललाई विहान प्रहरीले ताला फोडेर निकालेको थियो । तर सिन्धुपाल्चोककमा एसपी रवीन्द्र केसीका अनुसार मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकामा मात्र तालाबन्दी गरेको बताएका छन् । ‘छापामार शैलीमा राति सबै सुतेको अवस्थामा तालाबन्दी गरेका रहेछन्’ एसपी केसीले खबरडबलीसँग भने ‘आवश्यक कारवाहि गर्छौं ।’ एसपी केसीका अनुसार अहिले सबै ठाउँको ताला फोडिएको छ ।
    निर्वाचनको चर्को विरोध गर्दै आइरहेको उक्त पार्टीले यसअघि निर्वाचन विरुद्ध पोष्टर पम्प्लेट टास्दै हिडेको अवस्थामा प्रहरीले बाह्रविसेबाट पक्राउ गरेको थियो ।
  • No Comment to " चुनावको मुखैमा विप्लव कार्यकर्ता सक्रिय, सिन्धुपाल्चोकमा तालाबन्दी "