• बुटवलमा नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबीच झडप , एक जनाकाे हात भाँचियाे

    Reporter: Becoming Kishor
    Published: Monday, April 3, 2017
    A- A+
    लुम्बिनी, चैत २१ । नयाँ शक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला र नगर संयोजकसहित ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    जिल्ला निर्वाचन कार्यालय रुपन्देही घेराउ गर्दै धर्ना दिन पुगेका नेता तथा कार्यकर्ताले कार्यालयको काम नै प्रभावित गर्ने गरी नाराबाजी गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    प्रहरीले नियन्त्रणमा लिएकामा नयाँ शक्ति नेपालका गोविन्द केसी, दिलीप बिकेसहित चारजना घाइते भएको नयाँ शक्ति नेपालका सिद्धार्थनगर संयोजक सञ्जय बजिमयले जानकारी दिए । घाइते केसीको हात भाँच्चिएको र उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको छ । अन्य घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    प्रहरीले नयाँ शक्ति रुपन्देहीका जिल्ला संयोजक देवेन्द्र पाण्डे, नगर संयोजक बजिमय, निर्दोष वलीलगायतलाई नियन्त्रणमा लिएको नयाँ शक्तिले जनाएको छ । रासस
  • No Comment to " बुटवलमा नयाँ शक्तिका कार्यकर्ता र प्रहरीबीच झडप , एक जनाकाे हात भाँचियाे "