• पाँच मधेसी दलबीच अाज एकता, मधेस शब्द हटाउँदै राष्ट्रिय जनता पार्टी घोषणा हुँदै

    Reporter: Becoming Kishor
    Published: Wednesday, April 19, 2017
    A- A+
    काठमाडौं, ७ वैशाख । मधेसी मोर्चाका सहभागि पाँच दलबीच एकता हुने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुने बताइएको छ ।
    एक नेताले दिएको जानकारी अनुसार बुधबार भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको भएको छ । अबको केहि दिनभित्रै घोषणा हुने बताएका छन् । तर एकतापछि पार्टीको नाममा मधेस भने नरहने जानकारी दिएका छन् ।
    स्रोतका अनुसार पार्टीको नाम राष्टिय जनता पार्टीमा लगभग सहमति भएको छ ।
    पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने बताइएको छ । दोस्रो तहको वरियता विवाद नमिलेपछि सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने बैठकको निर्णय गर्ने बताइएको छ ।
    मधेसी मोर्चामा आवद्ध सात मधेसवादी घटकमध्ये तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज अपराह्न राजधानीमा एकता घोषणा कार्यक्रम हुने बताइएकाे छ ।
  • No Comment to " पाँच मधेसी दलबीच अाज एकता, मधेस शब्द हटाउँदै राष्ट्रिय जनता पार्टी घोषणा हुँदै "